back
NMB ad

विदेशी संयुक्त लगानीमा खुलेका बैंकहरुले नगद लाभांश लैजाने

Kumari bank ad

काठमाडौं । विदेशी संयुक्त लगानीमा खुलेका बैंकहरुले नगद लाभांश मात्र लैजाने सम्भावना छ । उनीहरुले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुरयाइसकेकाले नगद लाभाश लाने तयारी गरेका हुन् । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंक मध्ये ६ बटा (नबिल, हिमालयन, एसबीआई, एभरेष्ट, स्टयाण्डर्ड चार्टर्ड र नेपाल बंगालादेश) बैंक विदेशी संयुक्त लगानीमा स्थापना भएका हुन् ।

नबिल बैंक नेपालकै ठूलो व्यवसायिक घराना चौधरी समूहको मुख्य लगानी रहेको नबिल बैंकले आफै बोनस सेयर दिएर आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुरयाइसकेको छ । यसले गत आर्थिक वर्ष ४ अर्ब ५ करोड खुद नाफा गरेको छ । नाफाबाट अहिले करिव ४० देखि ५० प्रतिशत नगद लाभांश दिन सक्ने छ । उसले थोरै बोनस सेयर दिएपनि नगद धेरै दिने सम्भावना छ । नबिल बैंकमा चौधरी समूहको लगानी भएको विदेशी साझेदार एनबी इन्टरनेशनलको ५० प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ९.६७ प्रतिशत सेयर छ भने साधरण सेयर तर्फ चौधरी समूहको झण्डै चार प्रतिशत छ ।

वर्तमान पुँजी संरचनाअनुसार साधारण र संस्थापनकसहित नबिल बैंकमा चौधरी समूहको बढी छ । हिमालयन बैंक पाकिस्तानको हबिब बैंक लिमिटेडको २० प्रतिशत सेयर र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर लगानी रहेको हिमालयन बैंकमा सर्वसाधरण समूहतर्फ जम्मा १५ प्रतिशत मात्र सहभागिता छ । यस बैंकले पनि आठ रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको छ । यस बैंकले गत वर्ष २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको मुनाफा र जगेडा कोषबाट समेत गरी ३० देखि ३५ प्रतिशतसम्म लाभांश दिन सक्छ । बैंकले पुँजी आठ अर्ब रुपैयाँ पुरयाई सकेकाले यसपाली नगद लाभांश दिने बढी सम्भावना छ ।

नेपाल एसबिआई बैंक भारतको स्टेट बैंक अफ इन्डिया (एसबिआइ) कोे ५५.२८ प्रतिशत र कर्मचारी सञ्चय कोषको १५.०८ प्रतिशत मुख्य लगानी रहेको नेपाल एसबिआई बैंकले पनि आठ अर्ब चुक्ता पुँजी पुरयाएको छ । कृषि विकास बैंक लिमिटेडले आर्थिक बर्ष २००८ र ०९ मा बिक्री गरेको नेपाल एसबिआईको सबै पाँच प्रतिशत सेयर भारतको एसबिआइ बैंकले किनेको छ । गत आर्थिक वर्षमा यस बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफा र जगेडा कोषबाट गरी बैंकले यस पटक २५ प्रतिशत लाभांश वितरण गर्न सक्छ । चूक्ता पुँजी यस बैंकले पुर्याइसकेकाले यस बर्ष बोनस सेयर भन्दा नगद लाभाशं दिन सक्ने सम्भावना छ ।

एभरेष्ट बैंक भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिशत र नेपाली लगानीकर्तातर्फ विष्णुकृष्ण श्रेष्ठ समूहको मुख्य लगानी रहेको छ । गत आर्थिक वर्ष २ अर्ब ५४ करोड खुद नाफा कमाएको यस बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुगिसकेको छ । यस बैंकले ३५ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्छ । चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुरयाइसकेकाले गत बर्षको नाफाबाट नगद लाभांश मात्रै बाँड्ने सम्भव देखिँदैन । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ग्रिन्डेज अष्ट्रेलियाको ५० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक बेलायतको २५ प्रतिशत सेयर छ । बैंकमा नेपाली लगानीकर्तातर्फ कसैको उल्लेखनीय सेयर छैन ।

गत वर्ष २ अर्ब ७ करोड खुद नाफा गरेको यस बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गरी पुँजी आठ अर्ब रुपैयाँ पुर्याइसकेकाले वोनस सेयर भन्दा नगद लाभांश दिने निश्चित छ । यस बैंकले पनि ४५ प्रतिशतसम्म नगद लाभाशं दिन सक्छ । नेपाल बंगालादेश बैंक आईएफआईसी बैंक बंगलादेशको ४०.९१ प्रतिशत र नेपालीतर्फ एनवी समूहको मुख्य लगानी रहेको यस बैंकको हालको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ भन्दा बढी छ ।

यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब १० करोड खुद नाफा कमाएको छ । चुक्ता पुँजी पुर्याएकोले पनि यस वर्ष नगद लाभांश मात्र दिन सक्छ । यसले १५ प्रतिशतसम्म नगद लाभांश दिन सक्छ ।

२०७५ भदौ १८ गते प्रकाशित

वि.सं.२०७५ भदौ १८ सोमवार १०:०९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...