back
NMB ad

विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निश्कर्ष

Kumari bank ad

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेक राष्ट्रहरुको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताउनु भएको छ ।

सोमवार सिंहदरबारमा आयोजित विमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो“नेपालमा उत्पादित विद्युतअन्य देशहरुलाई विक्रीगर्न हामीलाई विद्युतीय ग्रीड चाहिएको थियो । त्यस विषयमा काम गर्न जल उर्जाको क्षेत्रमा सहयोगको आदान प्रदानगर्ने निर्णय गरेका छौं । ”

त्यस विषयमा भारत र वंगलादेशसँग विशेष रुपमा केन्द्रीत भएर कुराकानी गरेका छौं, जसबाट हामी भारत, वंगलादेश र म्यानमार मात्र होइन सूदुर भविष्यमा थाइल्याण्डसम्म विजुली निर्यात गर्न सक्छौं ।  नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर विमस्टेकमा छलफल गरी घोषणा पत्रजारी गरिएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो“विमस्टेक होस वा अन्य क्षेत्रीय , अन्तराष्ट्रिय मञ्च होस हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर काम गर्छौं । ”

प्रधानमन्त्री ओलीले विमस्टेक सम्मेलनको सफलताका लागि अहोरात्र मेहनत गर्ने परराष्ट्र मन्त्रालय, गृह र सुरक्षामन्त्रालय अन्र्तगतका सुरक्षा निकाय लगायत सरकारका सबै निकाय प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

उहाँले नेपाली जनता खास गरी सवारी आवागमन सहेर पनि शिखर सम्मेलन सफल पार्न योगदान गर्ने उपत्यकावासी प्रति आभार प्रकट गर्नु भयो । उहाँले भन्नु भयो, “आमसञ्चार माध्यम, वौध्दिक जगत र आमरुपमा सबैप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । ”

२०७५ भदौ १९ गते प्रकाशित

वि.सं.२०७५ भदौ १९ मंगलवार १२:०५ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...