back
NMB ad

डलर दिनँहु महँगो हुँदै, आज १ डलर खरिद गर्न ११५ रुपैयाँ चाहिने

Kumari bank ad

 

काठमाडौं, । अमेरिकी डलर दिनँहु महंगो हुँदै गएको छ । आज १ डलर खरिद गर्न ११५ रुपैयाँ आवश्यक पर्छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि अमेरिकी डलर हालसम्मकै उच्च भएको हो । राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलर बराबर एक सय १४ रुपैयाँ ८४ पैसा बिक्रीदर तोकेको छ । यो दर अहिलेसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो समय अमेरिकी अर्थतन्त्र र डलर दुवै मजबुद बन्दै गएका कारण डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकको भनाइ छ ।

टर्कीको अर्थतन्त्रमा आएको संकटका कारण डलर मजवुत बन्न पुगेको बिज्ञहरु बताउँछन् । टर्कीको मुद्रा अवमूल्यनले समग्र युरोपियन अर्थतन्त्रमा असर परेका कारण डलर बलियो भएको उनीहरुको भनाइ छ । अहिले विश्व बजारमा अमेरिकी डलरको माग अत्यधिक बढेको छ । अहिले युरो र बेलायती मुद्रा समेत घटेका छन् । नेपाल र भारतीय मुद्राबीच स्थायी विनिमय दरका कारण भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । डलरको मूल्य बढ्दा निर्यात व्यापारबाट राम्रो मूल्य आए पनि हाम्रो जस्तो आयात बढी हुने देशमा यसको नकारात्मक असर पर्ने बिज्ञहरु बताउँछन् ।

२०७५ भदौ २० गते प्रकाशित

वि.सं.२०७५ भदौ २० बुधवार ११:१६ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...