back
NMB ad

जनप्रतिनिधीले सिफारिस गरेको आधारमा पुननिर्माण अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्री ओलीको निर्देशन

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको कामलाई द्रुत गतीमा अघि बढाउन निर्देशन दिनु भएको छ । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पिडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने बताउनुभएको छ । प्राधिकरण निश्चित समयका लागि भएकोले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पुन निर्माण प्राधिकरण घाम जुन रहेसम्मका लागि स्थापना गरिएको होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण यसले यथासक्य चाँडो पुननिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाइ घर निर्माण गरेका पिडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । “भुईंचालोले घर भत्किएको तीन बर्ष भइसक्यो । प्राधिकरणका इन्जिनियर गाउँ पुग्दैनन् अनि जनाले कहिले इन्जिनियर आउछन् र उनले भने अनुसारको घर बनाउँ भनेर पर्खेर बस्छन् ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “पिडितले घर बनाएको भनेर जनप्रतिनिधीले सिफारिस गरेको आधारमा अनुदान रकम उपलब्ध गराउनुहोस ।”

प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्व कार्यकारी अधिकृत र कर्मचारीहरुले लिएको फिल्ड भत्ताको बिषयमा पनि चासो व्यक्त गर्नुभएको छ । “बैठक कार्यलय समयमा राख्नुहोस । कार्यलय समयमा तपाईंहरुलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “ कर्मचारीको दुर्गम भत्ताका बिषयमा छलफल गरेर निर्णय गरौंला । ”
प्रधानमन्त्री ओलीले धरहरा निर्माणको टेण्डरका बिषयमा पनि चासो व्यक्त गर्नुभएको छ ।

“धरहरा पुन निर्माणकामा अनुमान भन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यसको गुणस्तरमा कुनै कमी हुनुहुदैन । ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहिन काम गर्न पाइदैन ।” प्रधानमन्त्री ओलीले धरहरा पुननिर्माणका लागि इन्जिनियर खटाउन,दैनिक नापँजाँच गर्न,प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच्न र दैनिक प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ । “निर्माण सम्झौतामा जे कुरा उल्लेख छ निर्माण कार्यमा त्यही अनुसार गर्नुपर्दछ र समयमा सम्पन्न हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

२०७५ भदौ २१ गते प्रकाशित

वि.सं.२०७५ भदौ २१ बिहीवार १९:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...