back
NMB ad

किशोरीलाई रजस्वला हुँदा बिद्यालयमै उपलब्ध हुन थाल्यो सेनेटरी प्याड

Kumari bank ad

कञ्चनपुर, । किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ ।

रजस्वला हँुदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो ।
रजस्वला हँुदा पानी छुन नदिने, धार्मिकस्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने लगायतका कार्य यहाँका समाजमा अझै विद्यमान छ । समाजमा विद्यमान यस्ता कुप्रथालाई हटाउनका लागि नगरपालिकाले विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ ।

चेतनाको अभावमा किशोरीहरुले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेका छौंँ नगर प्रमुख हमालले भन्नुभयो, “यसका लागि नगरपालिकाले रु एक लाख बजेट छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।”

यसैगरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निःशुल्क दिने व्यवस्था गरेको छ । वडा नं– ८ रैकवार स्वास्थ्यचौकी र वडा न ५ कृष्णपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा निःशुल्क गरिएको हो ।

प्रयोगशाला सेवा निःशुल्क गरिएपछि दुबै स्वास्थ्य चौकीलाई रु दुई लाख अनुदान रकम उपलब्ध गराइएको नगर प्रमुख हमालले बताउनुभयो । नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रुपमा रु तीन हजार भत्ता उपलब्ध गराउने पनि व्यवस्था गरेको छ ।

सुत्केरी पछि तीन पटक स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा पुग्ने महिलालाई समेत प्रोत्साहनस्वरुप नगरपालिकाले रु तीन सयका दरले रकम उपलब्ध गराउनाका साथै पाठेघर खसेका महिलाका लागि स्क्रानिङ गर्नका लागि दुई वटा क्याम्प सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । सो कार्यका लागि रु एक लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

गर्भवती तथा बालबालिका पोषण प्रर्वद्धन तालीमका लागि रु एक लाख र किशोरकिशोरीको प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउनका लागि तालीम आयोजना गर्न रु एक लाख ५० हजार व्यवस्था गरिएको छ । “नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्यबारे जागरुक बनाइ स्वस्थ्य समाज निर्माणका लागि जनमुखी कार्यक्रम बनाइ लागू गरेको नगरप्रमुख हमालले बताउनु भयो ।

२०७५ भदौ २६ गते प्रकाशित

वि.सं.२०७५ भदौ २६ मंगलवार १२:५८ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...