back
NMB ad

उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना

Kumari bank ad

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ ।

हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै डा. तुम्बाहाङ्फे र दाहालले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिलाहरुमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।  उपसभामुखले पौराणिक कालदेखि नै मनाइँदै आएको तीज पर्वले नेपालीहरुबीचको साँस्कृतिक र सामाजिक एकतालाई अझै बलियो बनाउने अपेक्षा लिनुभएको छ । ‘विविधताबीचको एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नेपालीहरुको परिचय हो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यति हुँदा हुँदै पनि नेपाली मौलिक चाडपर्वहरु विस्तारै समयानुकुल संशोधित र परिमार्जित हुँदै आएका छन् ।’

तीजको सामाजिक र साँस्कृतिक पक्षबारे पछिल्ला दिनहरुमा छलफल र बहसहरु भइरहेको स्मरण गर्दै उपसभामुखले आफ्ना संस्कार र संस्कृति जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ‘तर, त्यसो गर्दा कतिपय विभेदकारी संस्कारहरु छन् भने त्यसलाई परिमार्जित र परिस्कृत गर्दै नयाँ पुस्तालाई सिकाउने दायित्व पनि हाम्रै हो,’ शुभकामनामा लेखिएको छ ।

उपाध्यक्ष दाहालले तीजसहित तराई–मधेसमा मनाइने जितिया पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

२०७५ भदौ २७ गते प्रकाशित

वि.सं.२०७५ भदौ २७ बुधवार १४:१५ मा प्रकाशित

You can share this post!

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...