back
NMB ad

पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई २२ लाख क्षतिपूर्ति

Kumari bank ad

रसुवा, । पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति दिइने भएको छ ।

रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई सो क्षतिपूर्ती दिइने भएको हो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ बाहिर पहिरो खस्दा गत भदौ ३० गते दुवै जनाको मृत्यु भएको हो ।

रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैह्रेका अनुसार उनहरुको परिवारलाई जनही रु ११ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरिएको हो । मृतकका परिवारलाई दशैँ खर्चसहित दुई महिनाको पारीश्रमिकसमेत उपलब्ध गराइनेछ । चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि र आयोजनाबीच उक्त सहमति भएको हो । उनीहरुको शव रसुवा अस्पतालमा परीक्षण गरे लगत्तै दाहसंस्कारका लागि आजै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७५ असोज १ गते प्रकाशित

वि.सं.२०७५ असोज १ सोमवार १६:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...