back
NMB ad

डलर बलियो भएपछि नेपाली अर्थतन्त्रमा त्यसले पारेको असरको खोजी गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । अमेरिकी डलर महंगो भएपछि त्यसले नेपाली अर्थतन्त्र के कस्तो असर पारेको छ भन्ने विषयमा नेपाल राष्ट्र बैंकले अध्ययन थालेको छ । दुई महिनाको बीचमा डलको भाउ करिव १५ रुपैयाँले महंगिएपछि यसको असर अध्ययन गर्न लागिएको हो । दुई महिना १ डलर खरिद गर्न १०१ रुपैयाँ चाहिनेमा अहिले ११६ रुपैयाँ आवश्यक पर्छ । आज (शुक्रबार) नेपाल राष्ट्र बैंकले विनियमका आधारमै कुरा गर्ने हो भने पनि १ डलर किन्न ११६ रुपैयाँ १० पैसा तिर्नु पर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि अमेरिकी डलर बलियो बन्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको छ । विदेशबाट आयात हुने सामानको भाउ आकासिएको छ । पछिल्लो समय अमेरिकी अर्थतन्त्र र डलर दुवै मजबुद बन्दै गएका कारण डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकको भनाइ छ । टर्कीको अर्थतन्त्रमा आएको संकटका कारण डलर मजवुत बन्न पुगेको बिज्ञहरु बताउँछन् ।

टर्कीको मुद्रा अवमूल्यनले समग्र युरोपियन अर्थतन्त्रमा असर परेका कारण डलर बलियो भएको उनीहरुको भनाइ छ । अहिले विश्व बजारमा अमेरिकी डलरको माग अत्यधिक बढेको छ । अहिले युरो र बेलायती मुद्रा समेत घटेका छन् । नेपाल र भारतीय मुद्राबीच स्थायी विनिमय दरका कारण भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । डलरको मूल्य बढ्दा निर्यात व्यापारबाट राम्रो मूल्य आए पनि हाम्रो जस्तो आयात बढी हुने देशमा यसको नकारात्मक असर पर्ने बिज्ञहरु बताउँछन् ।

२०७५ असोज ५ गते प्रकाशित

वि.सं.२०७५ असोज ५ शुक्रवार १४:४५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...