back
NMB ad

सेयर बजार उकालो लागेको बेला अर्को साता लगानीकर्ता सप्ताह मनाइँदै

Kumari bank ad

काठमाडौं । सेयर बजार निरन्तर रुपमा उकालो लागेको बेला सर्वसाधारणलाई पुँजी बजारका बारेमा जानकारी गराउने उद्देश्यले अर्को साता लगानीकर्ता सप्ताह मनाउन लागिएको छ । धितोपत्र बोर्डहरूको नियमन निकाय आइएस्कोले असोज १५–२१ गते सम्म विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरेको हो । नेपालमा पनि नेपाल धितोपत्र बोर्डको अगुवाइमा उक्त सप्ताह मनाउन लागिएको हो ।

एकसातसम्म बोर्डले सर्वसाधारणलाई धितोपत्र तथा वस्तु विनियम बजारसम्बन्धी जानकारी गराउने छ । उक्त अवधिमा पुँजीबजारका बारेमा लगानीकर्तालाई सचेत गराइने भएको छ । अर्कोसाताको सुरुमा प्रभात फेरीको आयोजना गरिने बोर्डको भनाइ छ । सर्वसाधारणलाई जानकारी गराउन बोर्डले पम्प्लेट तथा लिफ्लेट प्रकाशन तथा वितरण गर्ने भएको छ । धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरूमा भएका पहलहरूका बारेमा जानकारी गराइने छ ।

एक सातासम्म मनाइने यो कार्यक्रमबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महत्व र यससम्बन्धी साधन तथा सेवा र बजार विकासको अवस्थाका सम्बन्धमा आमसर्वसाधारणमा व्यापक जानकारी प्रवाह भई उनीहरूलाई बजार प्रवेश तथा लगानीसम्बन्धी सुसूचित निर्णय गर्न सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

यस कार्यक्रमले लगानीकर्ताको सशक्तीकरण हुने र यसबाट बजारको नियमन, सुधार तथा विकास कार्य थप सहज हुने तथा देशमा पुँजी बजारसम्बन्धी गतिविधिमा अझ व्यापकता आउने बोर्डको विश्वास रहेको छ ।

२०७५ असोज ७ गते प्रकाशित

वि.सं.२०७५ असोज ७ आइतवार ०८:१७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...