back
NMB ad

घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प

Kumari bank ad

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल कुरीलाबगरमा पुगेर काममा अवरोध गरेपछि निर्माण ठप्प भएको हो ।

प्रस्तावित अपर घारखोला जलविद्युत् आयोजनालाई प्रभावित बनाउन नहुने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनिक गरी प्रभावित क्षेत्रका योजनालाई समान प्राथमिकता दिनुपर्ने, पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने, स्थानीयवासीलाई लगानी र रोजगारीको अवसर, वातावरणीय क्षति न्यूनीकरण, सञ्चालक समितिमा प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै शिखका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलन घोषणा गरेका छन् ।

आयोजनाले विगतमा पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेकाले बाध्य भएर अवरोधमा उत्रनुपरेको सङ्घर्ष समितिका संयोजकसमेत रहनुभएका शिखका वडाध्यक्ष दिनेश पुनले बताए । विसं २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण शुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडाको सीमाक्षेत्रमा पर्ने कुरीलाबगरदेखि २५० मिटर लामो सुरुङ खनेको छ ।

घारको बिरौटादेखि बाँधस्थलसम्म पुहँचमार्ग निर्माण गरिसकेको आयोजनाले सुरक्षाकर्मी, कर्मचारी र मजदुर आवासस्थलका लागि पूर्वाधार तयार गरेको छ । तीन किलोमिटर सुरुङ रहने आयोजनाको विद्युत्गृह अन्नपूर्ण गाउँपालिका–६ स्थित पोखरेबगर र रातोपानीको बीचमा प्रस्ताव गरिएको छ । रु दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार कूल लागत अनुमान गरिएको आयोजनाको क्षमता ८।३ मेगावाटबाट बढाएर १४ मेगावाट पु¥याएको छ ।

प्रभावित क्षेत्रका बासिन्दा र आयोजना प्रर्वद्धकबीच छलफल गरी निर्माणमा भएको अवरोध हटाएर काम अघि बढाउन पहल जारी राखिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

२०७५ असोज ७ गते प्रकाशित

वि.सं.२०७५ असोज ७ आइतवार ११:४६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...