back
NMB ad

पर्सिदेखि उपत्याकाका १४ ठाउँमा सुपथ मुल्य पसल सञ्चालन गरिने

Kumari bank ad

काठमाडौं । पर्सि (शुक्रबार) देखि उपत्याकाका १४ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने भएको छ । दसैं, तिहार र छठलाई मध्यनजर गरी असोज १२ देखि कात्तिक २७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गरिन लागिएको हो । उपत्यकाका १४ स्थानमा र उपत्यकाबाहिर पनि यस्ता पसल सञ्चालन गरिने भएको छ । सरकारले यस वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । अहिलेसम्म सरकार आफैंले सञ्चालन गरिरहेकोमा यस वर्ष निजी क्षेत्रसँग मिलेर यस्ता पसल राख्न थालिएको हो ।

सहुलियत मूल्य पसलमा दैनिक उपभोग्य सामान उपलब्ध हुनेछन् । तेल, घिउ, चामल, दाल, नुन, पनिर, खसी, बोका लगायत सामान उपलब्ध हुनेछन् । उपभोक्तालाई आवश्यक पर्ने सामान बजार मूल्यभन्दा सस्तोमा दिने विभागले जनाएको छ । चामलदेखि खसी–बोकामा छुट दिने विभागले जनाएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध होस् भनेर सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भदौ २६ गते बसेको बैठकले सुपथ मूल्य पसलमा निजी क्षेत्रलाई समेत सामेल गराउने निर्णय गरेको थियो ।

उक्त बैठकमा विभागसहित नेसनल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान लगायत संस्थान सहभागी थिए । निजी क्षेत्रबाट उत्पादक, आयातकर्ता, डिलर्स एवं खुद्रा बिक्रेता, सहकारी संस्थाका प्रतिनिधि सहभागी रहेको मन्त्रालयले जनाएको छ । सरकारले सुहलियत पसल सञ्चालन गर्न चाहने इच्छुक निजी व्यवसायीलाई सात दिनभित्र सम्पर्क गर्न सोमबार सूचनामार्फत आग्रह गरेको छ ।

२०७५ असोज १० गते प्रकाशित

वि.सं.२०७५ असोज १० बुधवार १२:२५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...