काठमाण्डौं । कालिका पावरको आइपीओ बुधबार बाँडफाँट भएको छ । यो आइपीओमा गोलाप्रथा मार्फत १ लाख १३ हजार १७७ जना लगानीकर्तालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरिएको छ । कालिकाको कुल ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १४६ जना आवेदकको आवेदन रद्ध भएको हो । १२० वटा दोहोरो आवेदनको कारण र २६ वटा आवेदन कम्पनीले माग गरेको कारण रद्द भएको हो । प्राथामिक निष्काशनमा प्राकृतिक व्यक्त्तिले मात्र आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।
कालिकाले भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । तर कर्मचारीलाई छुट्याएइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै थप गरी बाँडफाँट गरिएको छ । साधारण सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।
२०७५ असोज १० गते प्रकाशित
वि.सं.२०७५ असोज १० बुधवार १३:११ मा प्रकाशित