back
NMB ad

ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै

Kumari bank ad

हेमन्त केसी

जाजरकोट, । ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र पुरातात्विक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ ।

राज हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट स्थानीय जनतालाई इँटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए तर अहिले स्थानीय जनता र सरकारी बेवास्ताका कारण यो दरबार जीर्र्ण बन्दै गएको छ ।

नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रुपमा रहेका जाजरकोट राज्यका राजाको दरबार पुरातत्व विभागमा दर्ता भएको भए पनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाको गुनासो छ ।

दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृष्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृष्य मात्र होइन पूर्वतिर सिस्ने हिमाल, होलु जिउला अनि वरिपरि हरिया पहाडको बीचमा रहेको खलङ्गाको पिपलडाँडास्थित टाकुरोमा रहेको जाजरकोट दरबार प्राकृतिक सुन्दरताको बीचमा कुरुप बन्दै गएको छ । प्रत्येक वर्ष दशैँको महानवमीका दिन दरबार र जाजरकोट राज्यको ऐतिहासिक एवं सांस्कृतिक महत्व झल्काउने राँगो बलि दिने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्कको पूजा गर्न नौ राँगा नौ बोकाको बलि दिने चलन पनि हराउँदै गएको छ । शुरुमा सात तले यो दरबार १९९० सालको भूकम्पपछि चार तलामा झरेको थियो । वरिपरि दरबारको भव्य महल बीचमा रानीहरुले नुहाउने तलाउको अहिले नाम निसान नै छैन् । दरबार प्रवेशद्वारको अगाडि रहेका दुइवटा सिंहले अगाडिका दुई खुट्टा उचालेर आक्रोश व्यक्त गरेको तस्वीर झल्किने कलात्मक गेट पनि २०३५ मा भत्किसकेको थियो ।
विगतमा दरबारको सातौँ तलामा रहेको नारायण थानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीकका रुपमा दिएको खड्गअर्थात् तरबार मात्र अहिले जगतीपुरस्थित मन्दिरमा खर्के देउताका रुपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताउनुभयो ।

जाजरकोट दरबार पुनःनिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २७ करोडको लागत स्टमेट तयार पारेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । भवन डिभिजन कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरी बनाएको डिजाइन तथा आर्थिक योजनासहितको पुनःनिर्माण योजना गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा गएर रोकिएको छ ।

नेपाल बाइसी र चौबीसी राज्यमा विभाजित भएका बेला बाइसी राज्यअन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनीवर्मा हुनुहुन्थ्यो । उहाँले विसं १४५५ मा जाजरकोट राज्य स्थापना गर्नुभएको थियो । उहाँ पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पिपलडाँडामा नै उहाँका नाति पर्ने हरि शाहले उक्त राजदरबार निर्माण गर्नुभयो । हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गर्नुभएको थियो । रासस 

२०७५ असोज १० गते प्रकाशित 

वि.सं.२०७५ असोज १० बुधवार १३:५९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...