back
NMB ad

यस कारण दोलखामा सिङ्गो गाँउवासीकै घर पुनःनिर्माण हुन सकेन

Kumari bank ad

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–२ फुलपाका जग्गाबिहीन सीमान्तकृत समुदायका भूकम्पपीडितले भूकम्प गएको तीन वर्ष हुँदासम्म घर निर्माण गर्न पाएका छैनन् । वर्षौदेखि अर्काको जग्गा कमाएर बस्दै आएका उक्त समुदायका ६४ घर परिवारले आफ्ना नाममा लालपुर्जा नभएकै कारण घर निर्माण गर्न नपाएका हुन् ।

घर निर्माणका लागि नक्सापास अनिवार्य गरिएको र यसका लागि आफ्नो नाममा लालपुर्जा नभएका कारण नगरपालिकाले नक्सापास नगरेको स्थानीयवासी प्रतिमा योगीले बताउनुभयो । पुनःनिर्माण प्राधिकरणले जारी गरेको लाभग्राही सूचीमा ६४ जनाकै नाम भए पनि लालपुर्जा नभएका १९ घरपरिवारले पुनःनिर्माणसम्बन्धी कुनै पनि सहायता पाएका छैनन् भने बाँकीले मञ्जुरीनामा पाएकाले केही सहायता पाएका छन् ।पीडित मोहन योगीले हामीले किन सरकारी अनुदान पाएनौ र हामी कहिलेसम्म चिसो कटेरोमा बस्नुपर्ने हो भन्ने चिन्ता व्यक्त गर्नुभयो ।

जिल्ला मालपोत कार्यलयका प्रमुख मालपोत अधिकृत गोबिन्द अधिकारीले फुलपावासीको मालपोतमा कुनै पनि कागजात नभएकाले मोही र तल्सिङको सहमतिबाट समस्या समधान गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका जिल्ला अधिकृत रीता लम्सालले जग्गाबिहीन भूकम्पपीडितका लागि राज्यले जग्गा खरिद गर्न थप रु दुई लाख दिने व्यवस्था गरेको जानकारी गराउँदै उनीहरुका लागि जग्गा उपलब्ध गराउन आ–आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२०७५ असोज ११ गते प्रकाशित

वि.सं.२०७५ असोज ११ बिहीवार १०:५१ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...