back
NMB ad

दसैंका चहल पहल बढ्यो, १४ स्थानबाट सस्तो मुल्यमा सामान किन्न सकिने

Kumari bank ad

काठमाडौं । दसैको चहल पहल बढेको छ । बजारमा लुगा तथा खाद्यान्नको जोहो गर्ने काम पनि सुरु भएको छ । शहरका मुख्य स्थानमा दसैका लागि सामान खरिद गर्नेको भिडभाड बढ्न थालेको छ । सरकारले दसैं तिहारलाई लक्षित गरी सुपथ पसल पनि सुरु गरेको छ । आजदेखि उपत्यकाका १४ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

दसैं, तिहार र छठलाई मध्यनजर गरी आजदेखि कात्तिक २७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गरिन लागिएको हो । उपत्यकाका १४ स्थानमा र उपत्यकाबाहिर पनि यस्ता पसल सञ्चालन गरिने भएको छ । सरकारले यस वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । अहिलेसम्म सरकार आफैंले सञ्चालन गरिरहेकोमा यस वर्ष निजी क्षेत्रसँग मिलेर यस्ता पसल राख्न थालिएको हो । सहुलियत मूल्य पसलमा दैनिक उपभोग्य सामान उपलब्ध हुनेछन् । तेल, घिउ, चामल, दाल, नुन, पनिर, खसी, बोका लगायत सामान उपलब्ध हुनेछन् ।

उपभोक्तालाई आवश्यक पर्ने सामान बजार मूल्यभन्दा सस्तोमा दिने विभागले जनाएको छ । चामलदेखि खसी–बोकामा छुट दिने विभागले जनाएको छ । उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध होस् भनेर सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भदौ २६ गते बसेको बैठकले सुपथ मूल्य पसलमा निजी क्षेत्रलाई समेत सामेल गराउने निर्णय गरेको थियो । उक्त बैठकमा विभागसहित नेसनल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान लगायत संस्थान सहभागी थिए । निजी क्षेत्रबाट उत्पादक, आयातकर्ता, डिलर्स एवं खुद्रा बिक्रेता, सहकारी संस्थाका प्रतिनिधि सहभागी रहेको मन्त्रालयले जनाएको छ ।

२०७५ असोज १२ गते प्रकाशित

वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:५८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...