back
NMB ad

महिलाका लागि आकर्षक गन्तब्य बन्दै कुवेत, जेठ महिनामै १ हजार ६ सय ७६ जना कुवेत पुगे

Kumari bank ad

काठमाडौ । कुवेतमा व्यक्तिगत प्रयासमा घरेलु कामदार (हाउसमेड) बन्न जाने महिला ह्वातै बढेका छन् । गत जेठ महिनामा मात्रै १ हजार ६ सय ७६ जना कुवेत गएको बैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । जेठमा त्यसरी गएका मध्ये अधिकांश महिला नै भएको विभागको भनाइ छ । संस्थागत जिम्मेवारी नभएपछि ग्रामीण भेगका अशिक्षित महिला दलाल मार्फत कुवेत गइरहेका छन् ।

नेपाल र कुवेतका एजेन्सीबीच कुनै सम्झौता वा संयन्त्र नभएकाले महिलाहरू व्यक्तिगत रूपमा त्यता गइरहेका छन् । अप्रत्यक्ष रूपमा केही नेपाली एजेन्सीहरूको समेत यसमा संलग्नता रहेको शंका गरिएको छ । सरकारले दूतावासको जिम्मेवारीमा हाउसमेड पठाउने नीति लिएपछि विभागबाट श्रम स्वीकृति लिई कुवेत जाने महिला बढेका हुन् । महिला कामदारलाई श्रम स्वीकृतिको व्यवस्था नहुंँदा अनधिकृत रूपमा जाने गरेका थिए । बिनास्वीकृति गएका महिला कामदारहरूको संख्या कुवेतमा मात्र ३० हजार रहेको अनुमान छ ।

केही देशहरूले प्रतिबन्ध लगाउने, उमेरको हद तोक्ने र एजेन्सीहरूबीच सम्झौता गराएर मात्रै अनुमति दिन थालेकाले नेपाली कामदारको संख्या वृद्धि भएको हो । सरकारले गत वर्षदेखि न्यूनतम पारश्रमिक, बिमा, तालिम लगायत आधारभूत मापदण्ड पूरा भएको अवस्थामा नेपाली राजदूतावासको सिफारिसमा घरेलु कामदार पठाउने व्यवस्था गरेको थियो । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा निकै संवेदनशील भएको जनाएकोछ । संख्या अत्यधिक बढ्यो । यसमा संस्थागत जिम्मेवारी नदेखिएकाले पठाउने दलाल पहिचान गर्ने प्रयास भइरहेको विभागको भनाइ छ । निकै कम उमेरका युवतीहरू कुवेत गइरहेको पाइएको छ ।

विभागले कम उमेरमा जाने युवतीको संख्या बढिरहेकाले विद्यमान प्रणालीमा थप सजगता अवलम्म्बन गर्न आवश्यक भएको बताउँदै आएको छ । कुवेतमा महिला कामदार लैजान लाइसेन्सप्राप्त एजेन्सी छन् । अरू देशबाट ती एजेन्सीले सरकरी निकाय वा स्थानीय एजेन्सीमार्फत ल्याउने गरेका छन् तर नेपालबाट त्यस्तो गरिरहेको छैन । नेपालका एजेन्सीहरू भने संस्थागत रूपमा महिला कामदार पठाउन इच्छुक देखिएका छैनन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जाने हाउसमेडले सबै जिम्मेवारी आफैंले लिनुपर्छ ।

२०७५ असोज १४ गते प्रकाशित

वि.सं.२०७५ असोज १४ आइतवार ०९:०० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...