back
NMB ad

दसैंलाई लक्षित गरी सञ्चालित सुपथ मूल्य पसलले दिए घिउमा ५० रुपैयाँ छुट

Kumari bank ad

काठमाडौं । दसैलाई लक्षित गरी सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसलले डिडिसीको घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिन थालेका छन् । मुलुकभर यस्ता पसल ४७ रहेका छन् । यसैगरी नेपाल खाद्य संस्थाले खसी, बोका, भेडाच्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिँदै छ । कात्तिक २७ गतेसम्म सुपथ मुल्यका पसल सञ्चालनमा ल्याइने भएको छ ।

दसैंलाई लक्षित गरी व्यवसायीले छिमेकी मुलुक भारत र नेपालका बिभिन्न जिल्लाबाट ५० हजार खसीबोका भेडाच्याङ्गा उपत्याकामा भित्र्याइँदै छ । व्यवसायीले भारतबाट करिब ४० हजार र बिभिन्न जिल्लाबाट १० हजार खसीबोका भेडाच्याङ्गा ल्याउन लागेको चौपाया खरिद–बिक्री सेवा संघको भनाइ छ । दसैंमा मासुको खपत उच्च हुने भएकाले स्वदेशी उत्पादनले नथेगेपछि ४० हजार खसीबोका भारतबाट ल्याउन लागिएको हो ।

त्यसैगरी बिभिन्न जिल्लाबाट पनि १० हजारको हाराहारीमा खसीबोका भेडाच्याङ्गा ल्याउन लागिएको हो । दसैंमा करिव ५५ करोड रुपैयाँ बराबरको खसीबोका भेडाच्याङ्गाको किनबेच हुने अनुमान गरिएको छ । दर्सैमा सहरी क्षेत्रमा खसी–बोका, भेडाच्यांग्रासहित राँगा, कखुरा, बंगुरको मासुको खपत उच्च हुने भएकाले त्यसको लागि गाउँगाउँबाट पशु ल्याइदै छ ।

व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट पनि खसी–बोका ल्याउँदै छन् । नेपाल खाद्य संस्थानले करिव चार करोड रुपैयाँका भेडाच्यांग्रा खरिद गरेर ल्याउँदै छ उपभोक्तालाई स्वस्थ्य र सस्तोमा मासु खुवाउने व्यवस्था मिलाउन विभिन्न जिल्लाबाट भेडाच्यांग्रा र खसी–बोका ल्याउन लागिएको संस्थानले जनाएको छ ।

२०७५ असोज १४ गते प्रकाशित

वि.सं.२०७५ असोज १४ आइतवार १०:४९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...