back
NMB ad

सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग प्रयोगको तयारी

Kumari bank ad

धादिङ । नौबिसे नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ । वडादशैँका बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो । अचेल हरेक दिन नौबिसे नागढुङ्गा सडकमा २५ किलोमिटर सडकमा यातायात अवरुद्ध भई उक्त दूरी पार गर्न चार घण्टाभन्दा बढी समय लाग्ने भएकाले धादिङको धार्केबाट सीतापाइला जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मर्मत थालिएको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

देशभरका मानिस आवतजावत गर्ने सडक भएकाले यसलाई नियमित गराउन कुनै कसर बाँकी नराख्ने र नागरिकलाई सहज र छिटो तरिकाले यात्रा गराउन लागि परेको धादिङका प्रमुख जिल्ला अधिकारी भारिथ पाण्डेले बताउनुभयो । सडकको जाम कम गर्न आयोजित सर्वपक्षीय छलफलमा नगर प्रमुख आचार्य, सो क्षेत्रका प्रदेशसभा संसद् राजेन्द्र पाण्डे, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डम्बरबहादुर विक, सडक डिभिजन कार्यालयका प्रमुख हरि ठकुरीलगायतले वैकल्पिक मार्ग सञ्चालन गरी दर्शैँका लागि यातायात व्यवस्था नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।

हरेक दिन हुने जामलाई कम गर्न ठूला, अत्यधिक भार भएका र लामो दूरीका सवारी साधनलाई धार्के क्षेत्रमा दिउँसोको समयमा रोक्ने र राति मात्र सञ्चालन गर्न दिने, अन्य सवारी साधनलाई धार्के सीतापाइला सडकको वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध गर्ने र राजमार्गमा एकनासले सवारी साधान सञ्चालन हुने व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकले बताउनुभयो ।

वैकल्पिक मार्ग धार्के सीतापाइला २३ किलोमिटर र धार्के कलङ्की २५ किलो मिटर रहेको छ । नगर प्रमुख आचार्यले वैकल्पिक सडकमा धुलो उढ्न नदिन दैनिक पानी हाल्नुपर्नेमा जोड दिनुभयो । नौबिसे नागढुङ्गा सडक खण्डमा एउटा सवारीसाधन बिग्रियो भने पाखा लगाउने ठाउँ छैन । दुई तीन वटा सवारीसाधन बिग्रिएपछि झन त्रिभुवन राजपथको सो सडक खण्ड अवरुद्ध हुने गरेको छ । सानो सडक र धेरै घुम्ती भएका कारण यो सडकको स्तरोन्नति गर्नुपर्ने अवस्था छ ।

निर्माण शुरु गर्दा दिनमा एक हजारसम्म सवारीसाधन गुड्नसक्नेगरी बनाइएको सो सडकमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस

२०७५ असोज १४ गते प्रकाशित

वि.सं.२०७५ असोज १४ आइतवार १३:१९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...