back
NMB ad

‘महंगी नियन्त्रणमा सरकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न’

Kumari bank ad

काठमाडौ । चाडपर्वको मुखमा उपभोक्ताहरु अत्याधिक महंगीको मारमा परेको र व्यापारीहरुले बजारमा एकाधिकार जमाउन खोजेको प्रसङ्गले आम उपभोक्तावादीहरु मूल्यबृद्धिको मारमा परेको सन्दर्भलाई ध्यान दिँदै तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालमा ‘महंगी नियन्त्रणमा सरकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा संसदीय उद्योग वाणिज्य उपभोक्ता संरक्षण तथा श्रम समितिको सभापति विमल श्रीवास्तवले आफूँ भर्खरै समितिको सभापति भएको र भएलगत्तै समस्यै समस्या लिएर सबै जना आफूसामू आएको प्रसङ्ग उल्लेख गर्दै के गर्ने भन्ने विषयमा आफैँ अन्योलमा परेको बताउँदै व्यापारीहरुको एकाधिकार चल्न हुँदैन यसले आम उपभोक्ताको अधिकार कुण्ठित गर्ने कुरा बताउनुभयो । सभापति श्रीवास्तवले बजारमा मूल्यहरु मनोपली भएकाले प्रमुख जिल्ला अधिकारी र वाणिज्य विभागका महानिर्देशकलाई अनुरोध गर्दै काला व्यापारीहरुलाई नियन्त्रणमा लिनुस् र आफ्नो कार्यकाल ऐतिहासिक बनाउनुहोस् ।

कार्यक्रममा श्रीवास्तवले भन्नुभयो–‘कालाव्यापारीको पक्षमा जुनसुकै निकायबाट दबाब आएपनि आफ्नो दायित्व पूरा गर्नुहोस् तपाईहरुको नाम स्वर्णिम अक्षरले लेखिनेछ ।’कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुगमन प्रमुख यमलाल भुषालले सरकार आफ्नो नीति तथा कार्यक्रमको योजनामा सचेत भएको बताउँदै आम नागरिकको हितका निम्ति बजार अनुगमन र अनुगमनमाथिको अनुगमन गरिरहेको सन्दर्भ उल्लेख गर्दै सहज र सुलभ रुपमा आपूर्तिका सामानहरु उपलब्ध गराउन सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिनुभयो ।

त्यसैगरी कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले चाडपर्वको बेला उपत्यकाका सबै नाकाहरुमा चेकजाँच कडाई गरेको र शान्ति सुरक्षा, उपभोग्य बस्तुहरुलाई गुणस्तरीय छ छैन सम्बन्धित निकायबाट चेकजाँच गरी मात्र प्रयोगमा ल्याउन आफूँ कार्यरत संस्थाले सचेततापूर्वक काम गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले जनताले अत्याधिक उपभोग गर्ने बस्तुहरु गुणस्तरीय र सुलभ मूल्यमा प्राप्त गर्नु उनीहरुको अधिकार भएकोले त्यसतर्फ आफूहरु सचेत भएको बताउनुभयो ।
त्यस्तै, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्व नजिकिरहेको बेला मात्र नभएर विभागले आफ्नो उदेश्य अनुरुपका कामहरु गर्दै आइरहेको बताउँदै चाडपर्वको बेला थप जिम्मेवार बन्दै विभिन्न निकायहरुमा अनुगमन काम तीव्र बनाएको बताउनुभयो ।

कार्यक्रममा महानिर्देशक गौचनले सरोकार राख्ने सम्पूर्ण निकायहरुले बजारमा देखिएका बेथितिहरुलाई न्यूनीकरण गर्नका लागि आफुँले देखेका ठगीलगायतका घटनाहरुलाई विभागलाई जानकारी गराएर साथ दिई सहयोग गर्न आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले उखु किसानहरुले उखुको अबौं रकम चाडपर्वको बेलामा समेत पाएका छैनन् भन्दै तिनै उखुको रकमसमेत नतिर्ने व्यापारीहरुको पक्षमा एकाधिकार गराउन सरकारले साथ दिएको हो भने त्यो आम नागरिकको लागि घातक हुने बताउँदै ‘त्यस्ता व्यापारीहरुले सहुलियत सहितको चिनीको जिम्मा पाउँदा जनताले कस्तो राहत पाउलान् ?’ उहाँले प्रश्न गर्नुभयो । कार्यक्रममा सदस्य चौलागाईंले भन्नुभयो एकाधिकार जमाउने व्यापारीले वितरण गर्न खोजेको चिनीमा सल्फरजस्ता मानव जीवनमा हानि पु¥याउने तत्व भएको सन्दर्भ उल्लेख गर्दै कार्यक्रममा सहभागि सबैको ध्यान केन्द्रीत गर्दै सरकारले सहुलियत दरको पसल सुरुवात गर्दा एकाधिकार जमाउने र संसदमा समेत दर्जनौं सांसदहरुले माफियाका आरोप लगाएका व्यक्ति अतिथिको मन्तव्य दिईरहेको देख्दा लोक हाँसेकाले यो विषयमा छानविनसमेत हुनुपर्ने माग गर्नुभयो ।

काठमाडौ प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले चाडपर्वको बेला शान्तिसुरक्षामा खलल ल्याउने र कालाबजारी गर्नेहरुलाई नेपाल प्रहरीले कानुनी कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने दाबी गर्नुभयो । त्यसैगरी उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारको अर्थ मन्त्रालयले एकाधिकार गर्ने कालाबजारीहरुको पक्षमा निर्णय गरेकाले बजार सरकारको नियन्त्रणभन्दा बाहिर जान थालेको बताउनुभयो । उहाँले सरकारी निकायहरुलाई बलियो बनाउनुपर्नेमा त्यसो नगरी गुणस्तरहीन चिनीलगायतका खाद्य पदार्थहरु एकाधिकार जमाउने व्यापारीहरुको पक्षमा निर्णय हुन पुग्दा आम उपभोक्ताहरुको अधिकार कुण्ठित भएको बताउनुभयो । सरकारी निकायको लगाम लगाएका निकायले गुणस्तरयुक्त सामानहरु दिने र केही कमी कमजोरी गरे सरकारले आफ्नो निर्देशन सहज ढँगले पालना गराउन सक्ने निकाय बलिया नबनाउने हो भने सरकारी निकायहरु धराशयी बन्दै जाने कुरामा आम नागरिकहरु चिन्तित बनेको विषयलाई उल्लेख गर्नुभयो ।

कार्यक्रममा साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडका उपकार्यकारी निर्देशक कुमार राजभण्डारीले सरकारको निर्देशन अनुसार आफ्नो संस्थाले गुणस्तरयुक्त सामानहरु बेच्दै आईरहेको बताउँदै उपभोक्ताहरुको चाहना र सुझाव अनुसार कर्पोरेशन अगाडि बढ्ने बताउनुभयो । उपकार्यकारी निर्देशक राजभण्डारीले चिनीको मूल्यमा केही फेरबदल आएको भन्ने गुनासा आएकाले सरकारको निर्देशन अनुसार चिनी बेच्न केही दिन रोकिएको समेत बताउनुभयो ।

२०७५ असोज १५ गते प्रकाशित

वि.सं.२०७५ असोज १५ सोमवार ०९:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...