back
NMB ad

दसैंका लागि खर्च गर्ने पैसा निकाल्दै लगानीकर्ता

Kumari bank ad

काठमाडौं । लगानीकर्ताहरु सेयर बेचेर दसैंका लागि पैसाको जोहो गर्न थालेका छन् । त्यसैले सेयर बजार केही तल झरेको ब्रोकरको भनाइ छ ।

दशैंतिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिएकाले पनि कतिपयले खर्च जोहो गर्न सेयर बेच्ने गरेको एक ब्रोकरले बताए । त्यसैको असर साताको पहिलो दिन आइतबार पर्न गयो । नेप्से सूचक आइतबार १०.४७ अंकले घट्यो । उक्त दिन १२५६.७१ विन्दुमा आइपुगेको छ ।
केही अल्पकालीन लगानीकर्ताले भने सेयर बजार थोरै बढ्दा बेच्ने र नाफा बुक गर्ने गर्छन् । घटेको बेला सेयर किनेका लगानीकर्ताले नाफा बुक गर्न खोज्दा पनि सेयर बजार आइतबार ओरालो लागेको बिज्ञहरुको भनाइ छ ।

पुँजी बजारमा अल्पकालीन कारोबारी हावी हुने गर्छ । छोटो समयमा राम्रै नाफा कमाएकाहरुले बिक्री गर्दा सेयर बजार ओरालो लाग्न पुगेको बिज्ञहरुको भनाइ छ । विगत वर्षमा पनि दसैतिहारको बीचमा सेयर बजार सुस्ताउने गरेको थियो । अहिले पनि त्यही अवस्था आएको ब्रोकरको छ । यसले पनि बजारमा सामान्य प्रभाव परेको अनुमान छ । तर, बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांशको घोषणा गर्न थालेको र दुई महिनाभित्रै अनलाइन सेवा सुरु हुने, सेयर धितोमा बैंकहरुले कर्जा दिन थालेको, बैंकले ब्याजदर घटाउँदै गएको कारण पनि सेयर बजारमा सुधार आउने अपेक्षा गरिएको लगानीकर्ताको भनाइ छ ।

२०७५ असोज १५ गते प्रकाशित

वि.सं.२०७५ असोज १५ सोमवार ११:४४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...