back
NMB ad

‘निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिनु हुँदैन’

Kumari bank ad

काठमाडौ । फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ ।

बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समतिले आगामी ५/७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग समेत गरेको छ ।

समितिले प्रेस वक्तव्य जारी गर्दै भनेको छ,‘हामी प्रदेश २ बासी यो आयोजना कुनै पनि बाहानामा गुमाउन चाहान्नौं । अब पनि कुनै बाहानामा आयोजना अल्झाई राख्ने अधिकार कसैलाई छैन् । तत्काल निर्माण कार्यलाई अघि बढाउन र ५/७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग गर्दछौं । सबैखाले चलखेलका विरुद्ध हामी संघर्षमा उत्रिन तयार छौं । साथै हामीले स्थानीय स्तरबाट गर्नुपर्ने समन्वयका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्न चाहान्छौं ।’

समितिका संयोजक रविराज दंगालको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोखे । उनले भने,‘यो बस्तीको कारणले विकास निर्माण नरोकियोस् । सरकारले बरु बस्तीको उचित व्यवस्थापन गर्नुपर्छ ।’

उक्त गाउँमा १६ घर धुरी लालपुर्जाविहीन रहेको सुनाउँदै उनले भने,‘त्यस्तै यो क्षेत्रमा ११० विघा नम्बरी जग्गा छ । वातावरण भन्दापनि विनाशको बारेमा अध्ययन गर्न आवश्यक छ । अनावश्यक रुपमा जंगल फडानी गर्नुहुँदैन । बन विनाश हुन्छ भनेर बहस गर्ने विषयपनि होईन । यो योजना अन्तै सर्नेपनि सम्भावना र विकल्प छैन् ।’

आयोजना प्रमुख ओम शर्माले उक्त परियोजना निर्माणको प्रगति विवरणबारे प्रकाश पारेका थिए । उनले भने,‘अहिले नदी नियन्त्रणको काम भैरहेको छ । सेनासँग समन्वयको कार्यपनि जारी छ । र, जग्गाको मुआब्जा वितरण गर्ने काम पनि जारी छ ।’

त्यस्तै उनले एक लाख २८ हजार रुखमध्ये २५ हजारमात्रै सालको रुख रहेको पनि सुनाए । उनले भने,‘तीन लाख २५ हजार चाहीँ पोल काठ छन् । बस्तीको सहज स्थानन्तरणेका लगिपनि हामीले अध्ययन गरिरहेका छौं ।’

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र बहादुर देउजाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै समस्याहरु रहेको सुनाए । उनले भने,‘टिआईएमा एकमात्रै धावन मार्ग छ, त्यस्तै नजिकै पहाड छन् । यतिमात्रै होईन हाम्रो विमास्थलमा भिजिविलीटीपनि कम छ । यसले गर्दा अबको एक दशकभित्र विमान अवतरणमा ठूलो समस्या आउँदैछ । यसतर्फ सचेत हुनुपर्छ ।’

त्रिभुवन विमानस्थलले मात्रै अब अन्तर्राष्ट्रिय उडानहरु धान्न नसक्ने भएका कारण चाँडो भन्दा चाँडो निजगढ लगायत अन्य अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने उनको धारणा छ । उनले थपे,‘हाम्रो सरकारले अब पर्यटनको विकासबाट देशको ग्रामिण विकासलाई विकास गर्ने नीति लिनुपर्छ ।’

काठमाडौंबाट नजिकैको क्षेत्र रहेकोले निजगढ देशकै लागि उपर्युक्त विमानस्थल बन्ने उनको विश्वास छ । उनले भने,‘हामी अब ईण्डियन एयर स्पेशमामात्रै कहिलेसम्म निर्भर रहने ? निजगढ विमास्थल पूर्व–पश्चिम ल्याण्डिङ भएको कारणले हवाई अवतरणमा सुरक्षित रहनेछ ।’ उनले फाष्ट ट्रयाक र निजगढ विमास्थलले देशको मुहार फेर्न सक्ने पनि विश्वास दिलाए ।

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले २०५० सालमा राष्ट्रिय हवाई नीति सार्वजनिक भएयता २०५३ मा संशोधन भएको सुनाए ।उनले भने,‘२०५० साल यता यो विमानस्थल निर्माणको काम सरकारले अभ्यासको रुपमा मात्रै गरिरहेको छ । अहिले विभिन्न बाधा तथा व्यवधानहरु अघि सारेर योजना नै असफल बनाउन लागिपरेका छन् । तर, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा हवाई मार्गलाई स्थापित् गराउन यो योजनाले भूमिका निर्वाह गर्नेछ ।’

नेपाल अन्तर्राष्ट्रिय हवाई सञ्जालबाट छुटेको बताउँदै उनले भने,‘२४ लाख रुख काट्ने भनेर बजारमा गलत समाचार प्रवाह गरिएको छ । यस्तो अफवाह विकास हुँदैन् ।’ विदेशी प्राविधिकको टोलीले पनि लोकेशन मन पराएको कारण ‘एभरेष्ट एयर रुट’ को माध्यमले संसारलाई चिनाउन सजिलो बनाउनेपनि उनले विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा पूर्वाधार विज्ञ ई. डा. सुर्यराज आचार्यले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारण कसैलेपनि विरोध गर्न नहुने धारणा राखे । उनले भने,‘यो आयोजनालाई सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्छ । किनकी यो आयोजना एशियाकै उत्कृष्टमा परेको छ ।’

आचार्यले फाष्ट ट्रयाक निर्माणको विषयमा सरकारको ध्यान जानुपर्ने बताए । उनले भने,‘निजगढ विमास्थललाई जोडेर फाष्ट ट्रयाक छिटोभन्दा छिटो निर्माण गर्नपनि सरकारको ध्यान जाओस् । विकासको नयाँ पहल चालोस् । विकास र वातावरणको सन्तुलन मिलाउन सक्नुपर्छ ।’

उनले वातावरणलाई एउटा कारण देखाएर वातावरणजीवीहरु अहिले निजगढ विमानस्थल निर्माण गर्नु हुँदैन भनेर चलखेलमा लागेको आरोप लगाए । उनले भने,‘हाम्रो देशमा तीन किसिमका वातावरणसम्बन्धीका मान्छेहरु छन् एकथरी छन्–वातावरणकर्मी, अर्को वातावरण विकासवादी, त्यस्तै अर्कोथरि छन्–वातावरणजिवी । यी मध्ये वातावरणजिवीले चलखेलमा लागेर विमानस्थल बनाउन नदिने षड्यन्त्र गरिरहेका छन्।’

२०७५ असोज २५ गते प्रकाशित

वि.सं.२०७५ असोज २५ बिहीवार १८:४० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...