back
NMB ad

शुक्रबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री, सहुलियत मूल्य निर्धारण

Kumari bank ad

काठमाडौँ । सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

उनका अनुसार आज साँझसम्म १८० खसी बोका तथा ४०० च्याङ्ग्रा काठमाडौँ ल्याइसकिएको छ । सरकारले दशैँलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्याङ्ग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करीब ९०० च्याङ्ग्रा ल्याइने उनले बताए ।

दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताउनुभयो । उनले भने, “दाङलगायत पश्चिमी जिल्लाबाट एक हजार खसीबोका ल्याउने लक्ष्य राखेका थियौँ । दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करीब ५१० खसी बोकामात्र खरिद गरिएको छ ।”

राजधानी ल्याइएका ४०० च्याङ्ग्रामध्ये दुई वटा च्याङ्ग्रा बिरामी परेका छन् । बिरामी परेका च्याङ्ग्रालाई छुट्टै राखेर पशु चिकित्सकले उपचार गरिरहेको महानिर्देशक गौचनले जानकारी दिनुभयो । दशैँका बेला खसीबोका तथा च्याङ्ग्राको कारोवार उच्च हुने गर्दछ । व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् । व्यापारीको एकाधिकार अन्य गर्दै बजारलाई हस्तक्षेप गर्न सरकारले वर्षेनी दशैँका बेला राजधानीमा सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको छ ।

यसैबीच सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । विभागका महानिर्देशक गौचनले च्याङ्ग्रा प्रतिकिलो ७१० र खसीबोका प्रतिकिलो ५१० मा बिक्री गरिने जानकारी दिनुभयो । सरकारले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा खरिद गर्दा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउने उनले बताए । त्यस्तै एक जनाले एउटा मात्र खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउने उनको भनाइ छ ।

२०७५ असोज २५ गते प्रकाशित

वि.सं.२०७५ असोज २५ बिहीवार १९:१० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...