back
NMB ad

बाग्लुङमा वार्षिक ३५ करोडको मासु आयत

Kumari bank ad

बाग्लुङ । बाग्लुङ जिल्लामा पर्याप्त मात्रामा पशुका लागि प्रयोग हुने पशुपंक्षीको उत्पादन नहुँदा वार्षिक ३५ करोडका मासु आयत हुने गरेको छ ।

विश्व खाद्य संस्थाले निर्धारण गरेको मापदण्ड अनुसार एक व्यक्तिलाई वार्षिक १४ किलो मासु आवश्यक पर्ने भए पनि जिल्लामा वार्षिक प्रतिव्यक्ति साढे १० किलो मासु पुग्ने गरी मासु उत्पादन हुने गर्दछ ।

वि.स २०६८ सालको जनगणना अनुसार बाग्लुङमा २ लाख ६८ हजार ६१३ जनसंख्या रहेको छ । जनसंख्या र मासु उत्पादनको अनुपात हेर्दा जिल्लामा प्रतिव्यक्ति वार्षिक साढे साढे ३ किलो मासु अर्थात ९ लाख ४ हजार किलो मासु अपुग रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका प्राविधिक केवश शर्माले जानकारी दिए ।

मासुको लागि प्रयोग हुने खसी, बोका, भेडाच्याग्रा, राँगोभैसी, बंगुर, कुखुरा, हाँस जस्ता पशुपंक्षीको व्यवसायिक उत्पादन नहुँदा मासुमा परनिर्भर भएको प्राविधिक शर्माको भनाई छ । रागोभैँसी, खसी, बगुरको वार्षिक खपत अनुपातलाई हिसाव गर्दा ३५ करोड बराबरको मासु आयत हुने गरेको उनको भनाई छ ।

जिल्लामा वार्षिक एक अर्व ५ करोड रुपैयाँ बराबरको मासु उत्पादन र स्थानीय बजारमा खपत हुने गरेको प्राविधिक शर्माको भनाई छ । उर्जावान जनशक्ति विदेश पलायन हुँदा व्यवसायिक पशुपंक्षी पालनमा समस्या हुँदै आएको छ ।

जिल्लाका छिटफुट रुपमा रहेका साना फर्मले उत्पादन गर्ने बाख्रा र बंगुरले स्थानीय बजारको माग धान्न सकेको छैन । विशेष गरी ग्रामिण क्षेत्रमा रहेका साना बजारमा स्थानीय उत्पादनले पुगे पछि बागलुङ सदरमुकाममा भने खसी बाहिरी जिल्लाबाट खपत हुने गरेको प्राविधिक शर्माको भनाई छ । कुखुरा, भैँसीरांगाको मासु स्थानीय उत्पादनले पुग्ने भए पनि खसीबोका तराई र भारतीय बजारबाट जिल्ला भित्रने गरेका छन् ।

व्यवसायिक बाख्रा फर्म संचालन नहुदा वार्षिक करोडौ रुपैयाँ मासु खपतको लागि बाहिर जाने गरेको छन् । छिटफुट रुपमा खुलेका बाख्रा फर्म पनि चरिचरनको सदस्यले बन्द भएको प्राविधिक शर्माको भनाई छ ।

२०७५ ८ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक ८ बिहीवार १५:०२ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...