back
NMB ad

फोहरलाई मोहर बनाउँदै उपमहानगर

Kumari bank ad

रीता लामा, घोराही, । शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ ।

घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मात्र छ । त्यही फोहरलाई गाड्ने ठाउँ नहँुदा उपमहानगरले फोहरबाट ग्यास र मल बनाएर फोहरलाई मोहर बनाउने तयारी थालिएको हो ।

उपमहानगरले फाहोरलाई दीर्घकालीन व्यवस्थापनका लागि तयारी गरेको उपमहानगरका सामाजिक विकास अधिकृत सुवोध रेग्मीले जानकारी दिनुभयो । सोका लागि उपमहानगरले नेपाल ऊर्जा प्रालिसँग सम्झौताको तयारी गरेको छ । रेग्मीका अनुसार संस्थाले उपमहानगरले उठाएको फोहरलाई आफ्नै रु १० करोड लगानीमा ग्यास र मल उत्पादन गरी बिक्री गर्ने योजनासमेत प्रस्ताव गरेको छ ।

“हामीले उक्त संस्थालाई डम्पिङसाइटको करीब तीन बिघा जग्गा उपलब्ध गराउन लागेका छाँै ।” उहाँले भन्नुभयो, “संरचना निर्माणमा लाग्ने सबै खर्च संस्थाले नै व्योहोरेर २० वर्षको लागि नाफा पनि आफँै खाने सहमति हुनेछ ।” बजार क्षेत्रबाट निस्कने फोहरलाई कहाँ, कुन ठाउँमा व्यवस्थापन गर्ने चिन्ता थपिरहेको समयमा प्रालिले ल्याएको प्रस्तावलाई उपमहानगरपालिकाले सकारात्मक रूपमा लिएको उहाँले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत सञ्चालन हुने उक्त योजनालाई संस्थाले २० वर्षपछि सबै संरचना उपमहानगरलाई दिने सहमतिसमेत हुने भएको छ ।

कम्पनीले ल्याएको प्रस्तावअनुसार घोराहीको बजार क्षेत्रबाट निस्कने फोहरबाट मात्र दैनिक २३ सिलिण्डर ग्यास र करीब ५० बोरा कम्पोष्टमल निकाल्न सकिने भएको छ । यसको सम्पूर्ण अध्ययन, अनुसन्धान र तयारी भइसकेको रेग्मीले बताउनुभयो । उपमहानगरले प्रस्ताव स्वीकृत गर्न मात्र बाँकी रहेको प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । सबै तयारी पूरा भइसकेको र केही दिनभित्रै स्वीकृत गरेर फोहरलाई मोहर बनाउने कामको थालनी हुने उहाँको भनाइ छ ।

घोराही उपमहानगरको वडा नं १६ तेरौटेमा करीब ३० बिघा जमीन छ । जहाँ उपमहानगरपालिकाले घोराहीको मुख्य बजार क्षेत्र वडा नं १४ र १५ बाट निस्किँदै आइरहेको फोहरलाई व्यवस्थापन गरिरहेको छ । गल्नेलाई वन क्षेत्रमा गलाएर फाल्ने र सिसालाई गाड्ने काम गरिरहेको छ । बढ्दो शहरीकरणसँगै उत्पन्न हुने फोहरमैला सङ्कलन तथा व्यवस्थापनका लागि उपमहानगरलाई अहिले चुनौती र आर्थिक भार समेत बढेको छ । गत आर्थिक वर्ष २०७४÷७५मा मात्र उपमहानगरले फोहर व्यवस्थापनमा रु एक करोड ५२ लाख खर्च गरे पनि राजश्व भने रु ४० लाख ६० हजार मात्र सङ्कलन गरेको थियो । रासस

२०७५ कार्तिक ९ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १०:४५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...