back
NMB ad

उपराष्ट्रपति पुनद्धारा विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन आग्रह

Kumari bank ad

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिँदै विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई देशको माया भए स्वदेश फर्कन आग्रह गरेका छन ।

पुनले स्वदेश फर्कि मुलुकको समृद्धिको लागी योगदान गर्न बिदेशमा रहेका नेपाली युवा बैज्ञानिकलाइ आह्वान गरे । शुक्रबार त्रिभुवन विश्वविद्यालयको ‘रिकास्ट’को सहकार्यमा नेपाल पोलिमर ईन्चिच्युटले आयोजना गरेको उन्नत सामाग्री सम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलन  को काठमाडौंमा उद्धघाट्न गर्दे उपराष्ट्रपति पुनले यस्तो आह्वान गरेका हुन् ।

उनले नेपाल बिकास र समृद्धिको बाटो तर्फ अघि बढिरहेको भन्दै नेपाली बैज्ञानिक र अनुसन्धानकर्ताको स्वदेशमा खाचो रहेको बताए ।
उनले नेपालमा रहेका बैज्ञानिक र नेपाल फर्कन चाहने बैज्ञानिकहरुका लागी सरकारले नेपालमा नै उचित सिप प्रयोग गर्न वातावरण बनाउनुपर्ने धारणा राखे । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार गर्नका लागी मुलुकका सबै क्षेत्र बर्गको योगदान जरुरी रहेको उनले बताए ।

उनले नेपालको समृद्धिको यात्रामा चूनौती रहेपनि धेरै सम्भावना रहेको उल्लेख गरे । उहाले पूर्वाधार बिकासका लागी आवश्यक पर्ने नविन प्रविधीका लागी पनि नेपाली बिश्वविद्यालयको अनुसन्धान जरुरी रहेको समेत बताए ।  त्यस्तै, चरम राजनीतिकरणका कारण नेपालका वैज्ञानिकहरु विदेश पलायन भएको गुनासो बुद्धिजीवीहरुले पोखेका छन् ।

उक्त सम्मेलनमा सहभागी नेपाली बुद्धिजीवी तथा वैज्ञानिहरुले राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको बताएका हुन् ।
उनीहरुले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा सरकारको लगानी एकदमै न्यून भएको र केही गर्छु भन्ने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत सहयोग र अवसर नदिएको गुनासो गरे ।

नेपालका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत बौद्धिक सम्पत्ति अधिकार दिन सरकारसँग माग गर्दै सहभागीहरुले अझैपनि देशमै रहेका वैज्ञानिकहरुलाई विदेशिनबाट रोक्न सरकारले योजना ल्याउनुपर्नेमा उनीहरुको जोड थियो । सरकारले मदन भण्डारी विश्वविद्यालय खोल्ने स्वीकृति दिनु सकारात्मक भएपनि यसअघि नै सञ्चालनमा रहेका विश्वविद्यालयहरुलाई धरासायी हुनबाट जोगाउनेतर्फ पनि सरकारको ध्यान जानुपर्नेमा बुद्धिजीवीहरुको भनाइ थियो ।

चार दिनसम्म चल्ले काठमाडौ गोष्ठीमा बिभिन्न देशका बैज्ञानिक र अनुसन्धानकर्ताको सहभागीता रहेको छ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल, अमेरिका, ईटाली, दक्षिण कोरिया, भारत, चेक रिपब्लिक, जापान, जर्मनीलगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ ।

उक्त गोष्ठीका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीले अध्ययन तथा अनुशन्धानको क्षेत्रमा मुलुकमा विधमान रहेका विभिन्न संस्थाहरुबीच सहकार्य र साझेदारी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, विदेशी विश्वविद्यालयका विशेष प्रतिनिधिहरुले पनि नेपालको आर्थिक वृद्धिको लागि पनि अध्ययन, अनुशन्धान र विकासमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

२०७५ कार्तिक १० गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १० शनिवार ११:१५ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...