back
NMB ad

मेरो माइक्रोफाइनान्सको २६.३२ प्रतिशत लाभांश पारित, १०० प्रतिशत हकप्रद पनि आउने

Kumari bank ad

काठमाडौं । मेरो माइक्रोफाइनान्सको २६।३२५ लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न साधारण सभाले १५ प्रतिशत बोनस सेयर ११.३२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो । कम्पनीले ४ करोड २९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड २३ लाख ६३ हजार १५७ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

सभाले बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजी ३२ करोड ८९ लाखमा १००५ हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । नियमावली संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई दिने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन भएको छ ।

साधारण सभा गर्न मेरोले असोज १७ गतेदेखि कात्तिक ९ गतेसम्म बुक क्लोज गरेको थियो । असोज १६ गतेसम्म कायम रहेका सेयरधनीले बोनस र नगद लाभांस पाउनेछन् । लाभांश अघि हाल कम्पनीको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ छ ।

बोनस र हकप्रद वितरणपछि यसको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । मेरोले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४५ पैसा छ ।

२०७५ कार्तिक ११ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक ११ आइतवार १६:२१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...