back
NMB ad

विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन

Kumari bank ad

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ । विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरिमा प्रदर्शनका लागि लागिएको हो । ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइपु¥याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले बताउनुभयो ।

यस अघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरि काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताउनुभयो । ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गर्नुभएको थियो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

२०७५ कार्तिक १२ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०८:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...