back
NMB ad

यसपालीको तिहारमा मखमली र सयपत्री फूलको भाउ महंगो हुने

Kumari bank ad

काठमाडौं । गत सालको तिहारमा भन्दा यस वर्षको तिहारमा मखमली र सयपत्री फूल मंहगिने भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष फूलको उत्पादन नबढेको तर, फूलको माग गर्ने बढेका कारण यो वर्षको तिहारमा फूलको भाउ बढ्ने भएको हो ।

फूलको थुंगा र मालाको मूल्य तिहारमा सामान्यतया महँगिने गरेको छ  । अहिले मखमली ४० थुँगा फूलको मालाको मूल्य प्रतिगोटा ४० देखि ५० रुपैयाँ छ  । तिहारसम्म प्रतिगोटा सय रुपैयाँसम्म पुग्ने व्यापारीहरु बताउँछन् । त्यसैगरी, अहिले सयपत्री फूलको माला एक सय रुपैयाँ देखि एक सय २० रुपैयाँ बिक्री हुँदै आएको छ । तर, तिहारमा भने त्यही सयपत्री फूलको माला प्रति माला फूलको माला प्रतिगोटा १ सय ५० देखि २ सय रुपैयाँ दरले बिक्री हुने गर्दछ  ।

तिहारको पाँच दिन घर, कार्यालय सजावटदेखि पूजाका लागि फूलको थुंगा र मालाको खपत उच्च हुने गर्छ । तिहारमा बढी फूल चाहिने भएका कारण विदेशबाट समेत फूलको आयात हुने गरेको छ । अन्य दिनमा स्वदेशी फूलले पुग्ने भएपनि तिहारलगायतका चार्डपर्वमा भने विदेशबाट आयात गर्नु पर्ने हुन्छ ।

तिहारमा उच्च माग हुने सयपत्रीको फूल र मालामा मुलुक नेपाल आत्मनिर्भर हुन थालेको छ  । विगतका तिहारमा ३० प्रतिशतसम्म भारतबाट माला र फूल आयात भइरहेकोमा यो वर्ष बढीमा २० प्रतिशत मात्रै आयात हुने व्यवसायीको भनाइ छ  । तिहारमा मात्रै खपत हुने मखमलीमा भने मुलुक आत्मनिर्भर छ  ।

व्यवसायीका अनुसार यो पाँच दिनमा करिब ५ लाखवटा सयपत्रीका माला खपत हुने गरेका छन, त्यसमध्ये करिब ४ लाख स्वदेशी फूलकै माला खपत हुने व्यवसायीहरू बताउँछन् । भारतीयभन्दा नेपाली फूल ताजा भएका कारण उपभोक्ताको पहिलो रोजाइ नेपाली फूल हुने व्यवसायीको भनाइ छ । भारतबाट माला नओइलाओस भनेर चिसोमा राखेर ढुवानी गरिन्छ  । जसकारण बजारमा उपलब्धमध्ये हेर्दा नओइलाएको तर छाम्दा चिसो हुने अधिकांश माला भारतबाट आयात हुने गरेको व्यवसायीको भनाइ छ  ।

नेपली माला भन्दा भारतबाट आयात भएको माला तुलनात्मक रूपमा आकर्षक डिजाइनले बुन्ने भएका कारण उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । तिहारलाई लक्षित गरि फूलहरु फुलाउने गरिएको छ । दसैँको तुलनामा तिहार मनाउनका लागि काठमाडौंमा धेरै मानिस जम्मा हुने गर्छन् । त्यसैले यो वेला काठमाडौंमा फूलको गुच्छा र मालाको माग उच्च हुने गरेको छ  ।

व्यवसायीका अनुसार काठमाडौं बजारलाई लक्षित गरी चन्द्रागिरि, टोखा, रामकोट, चाँगुनारायण, दधिकोटलगायतका क्षेत्रमा व्यावसायिक सयपत्रीको खेती गरिएको छ  । ‘स्थानीय किसानले आफ्नै खेतबारीमा तथा व्यवसायीले जग्गा लिजमा लिएर काठमाडौंको काँठ क्षेत्रमा सयपत्रीको खेती गरेका छन् । त्यहीँबाट तिहारको मागअनुसार आपूर्ति हुन्छ त्यस्तैगरी छिमेकी जिल्ला धादिङ, मकवानपुर र नुवाकोटबाट समेत सयपत्री आपूर्ति हुने गरेको छ  । घर, कार्यालय सजावटका लागि माग बढेपछि विभिन्न नर्सरीले गमलामा सयपत्रीको बिरुवा उपलब्ध गराउन थालेको उपभोक्ताको भनाइ छ ।

२०७५ कार्तिक १२ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:०४ मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...