वायु प्रदूषणले वार्षिक ७० लाखले ज्यान गुमाउने, बालबालिका सवैभन्दा बढी संवेदनशील

काठमाडौं । वायु प्रदूषणले वार्षिक झण्डै ७० लाखले यसकै कारण ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ । यसरी ज्यान गुमाउनेमध्ये करिब ६ लाख बालबालिका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार सार्वजनिक गरेको तथ्यांकमा वायु प्रदूषणका कारण हरेक वर्ष १५ वर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।

संगठनका अनुसार पाँच वर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदूषणका कारण श्वास प्रश्वासमा समस्या हुने गरेको छ ।प्रदूषणका कारण वर्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्यांक सन् २०१६ को भएको समाचारमा जनाइएको छ । ‘डब्लुएचओले भनेको छ, सबै बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,’ ।

तथ्यांक अनुसार प्रत्येक दश जनामध्ये नौ जनाले प्रदूषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक वर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ । वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जनामध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।

२०७५ कार्तिक १३ गते प्रकाशित

२०७५ कार्तिक १३ गते ११:१८ मा प्रकाशित

You can share this post!

भर्ने होईन ? नेसनल लाइफ इन्सुरेन्सको २ लाख ७८ हजार कित्ता सेयर लिलामीमा खुल्यो नि

अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीले सिंहदरबार घेर्ने

Related posts