back
NMB ad

घटेको मौकाछोपी सेयर कारोवार गर्ने बढे

Kumari bank ad

काठमाडौं । बजार घटेको मौकाछोपी सेयर किन्ने बढेका छन् । १८८१ अंकभन्दा माथि पुगेको सेयर बजार मापक नेप्से घट्दै १२२४ मा आइपुगेपछि सेयर खरिद गर्ने क्रम बढेको हो । तर, केही लगानीकर्ता भने लगानीयोग्य पुँजीको अभाव बैंकमा हुन थालेको र त्यसले ऋणको ब्याजदर बढने आंशकै कारण गर्दै बिक्री गरिरहेका छन् । तर, त्यही मौकाछोपी केही लगानीकर्ता भने सेयर खरिद गरिरहेका छन् ।

साताको तेस्रो कारोबारको दिन लगानीकर्ताले सेयर धमाधम खरिद गर्न थालेका कारण सेयर बजार बढन पुगेको अनुमान धेरैले गरेका छन् । धेरैजसो पुराना लगानीकर्ताले मंगलबार सेयर खरिद गर्न थालेका कारण नेप्सेमा सुधार आएको थियो । सेयर बजार सधै ओरालो लाग्दैन भन्ने कुरा सबैलाई खवगत छ । घटेका बेला सेयर खरिद गरेर राख्दा फाइदा हुन्छ भन्ने लगानीकर्तालाई थाहा छ । त्यही भएर पनि सेयर खरिद गर्ने बढेका हुन ।

अहिले बैंक तथा वित्तीय संस्थाले लाभांशको सिजन हो । केहीले धमाधम लाभांश वितरण गरिरहेका छन् भने केहीले गर्ने क्रममा छन् । यतिबेला सेयर होल्ड गर्नेले छोटो समयमै लाभांश प्राप्त गर्न सक्छन् । वाणिज्य बैंकहरुको लाभांशसँगै प्रथम त्रैमासको रिपोर्ट पनि आउनै लागेको छ । प्रत्येक तीन तीन महिनामा निकाल्ने वित्तीय विवरणमा बैंकको नाफा बढने निश्चित छ । त्यसले पनि सेयर बजार बढने अपेक्षा गरिएको छ ।

यसैगरी, केही दिन भित्रै अनलाइन कारोबार हुँदैछ । यसले पनि बजार बढ्न सहयोग पुग्ने कतिपयको भनाइ छ । यसैगरी गैर आवासीय नेपालीले सेयरमा लगानी गर्न खोज्दै छन् । उनीहरुले लगानी गरेको खण्डमा सेयर बजार बढने ब्रोकरहरु बताउँछन् ।

२०७५ कार्तिक १४ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १४ बुधवार ११:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...