माछापुच्छ्रे बैंकले कमायो तीन महिनामै ३९ करोड ७९ लाख रुपैयाँ

काठमाडौं । माछापुच्छे बैंकले तीन महिनामै ३९ करोड ७९ लाख रुपैयाँ कमाएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणमा उक्त नाफा कमाएको देखाएको हो ।

माछापुच्छे बैंक चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । गत बर्ष यसै अवधिमा बैंकले २८ करोड ९ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकले गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ४८.४४ प्रतिशतले वितरण योग्य नाफा बढाएको हो ।

२०७५ कार्तिक १५ गते प्रकाशित

२०७५ कार्तिक १५ गते ०९:०३ मा प्रकाशित

You can share this post!

तिहार अघि नै आउने भयो तीन कम्पनीको लाभांश रकम बैंक खातामा

सानिमा बैंकले सवैभन्दा बढी १४ प्रतिशत नगद लाभांश दिने

Related posts