काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तीन महिनामै ६३ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त बैंकले गत आर्थिक वर्षको यही तीन महिनाको अवधिमा ५३ करोड १४ लाख नाफा आर्जन गरेको थियो । बैंकले गत वर्षको भन्दा यस वर्षको तीन महिनामा १९.१८ प्रतिशतले नाफा बढाएको छ ।
गत वर्ष यस बैंकले कमाएको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश विवरत गर्ने प्रस्ताव गरेको छ । त्यस्तो प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट बैंकमा पेश गरेको छ । चुक्ता पुँजी आठ अर्ब पुगेकाले बैंकले नगद लाभांश मात्र दिएको बैंकको भनाइ छ ।
२०७५ कार्तिक २८ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक २८ बुधवार १०:१५ मा प्रकाशित