back
NMB ad

राजधानीमा राष्ट्र बहस–२०७५ आयोजना हुने

Kumari bank ad

काठमाडौँ । राजधानीमा राष्ट्र बहस २०७५ आयोजना हुने भएको छ । पुरानो बानेश्वरस्थित साइम कलेज (Saim College) मा यही कार्तिक ३० देखि मंसीर २ गतेसम्म चल्नेछ । चार दिनको कार्यक्रम अवधिमा बेलायती संसदीय प्रणालीमा घनिभुत तालिम र बहसहरु हुने कार्यक्रम संयोजक पदम रेग्मीले बताए ।

नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादको लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत ४ वर्षदेखि निरन्तर रुपमा “राष्ट्र बहस” प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको मुख्य लक्ष्य समावेशिताको सिद्धान्त अनुरुप आफ्ना विचारहरु नेपाली भाषामा व्यक्त गर्न सकिने स्थानको निर्माण गर्नु हो । यस प्रतिक्रियाको आयोजना Debate Network Nepal (DNN)  ले आयोजना गर्दैछ । सो प्रतिक्रियामा अधिकतम टोली संख्या ४० जनासम्म हुनुपर्ने र बहसकर्ताको संख्या प्रति टोली २ जना हुने नियम रहेको छ साथै, सहभागि समूहलाई कार्तिक ३० गते तालिम दिइनेछ ।

त्यस्तै गरी, मंसीर १ र २ गते समूह चरण छनोट गरिने छ भने मंसीर ३ गते नकआउट चरण हुनुका साथै मंसीर ३ गते नै प्रतियोगिताको फाइनल हुने समेत आयोजक संस्थाले बताएको छ । नेपाली समाजमा बहसको संस्कृतिलाई प्रोत्साहन गर्नको लागि स्तरिय बहसकर्ता, निणार्यक र प्रशिक्षकहरुको निर्माण गर्ने र लोकतान्त्रिक विचारधाराको एक मुल मान्यताको रुपमा रहेको वैचारिक स्वतन्त्रतालाई उत्सवको रुपमा मनाउन हातेमालो गर्ने अभिलाषा यो कार्यक्रमले बोकेको छ ।

बेलायती संसदीय प्रणाली अन्तर्गत प्रत्यक बहस एक घण्टा समयावधिको हुन्छ जसमा चार दुई सदस्यीय टोली हुन्छन्, जसलाई सरकार र प्रतिपक्ष गरि दुई भागमा बाँडिन्छन् र उनिहरुले दिइएको विषयमा क्रमशः पक्ष र प्रतिपक्षमा बहस गर्छन् ।

२०७५ कार्तिक २९ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १७:०२ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...