काठमाडौं । सामुदायिक लघुवित्तको प्राथमिक सेयर निष्कासन (आइपीओ) मा ६० गुणा भन्दा बढीको आवेदन परेको छ । उक्त लघुवित्तको सेयर माग भन्दा निकै बढीको निवेदन आएकाले धेरै लगानीकर्ताको हातमा लाग्यो सुन्य हुने छ । दुई लाख बढी आवेदक रित्तोहात हुने निश्चित जस्तै भएको हो ।
उक्त कम्पनीको सेयर गोलाप्रथाबाट २७ हजार ३ सय १० आवेदकले १० कित्ताका दरले मात्र पाउने छन् । अन्यले भने त्यही १० कित्ता पनि नपाउने भएका हुन् ।
साधारण सेयर निष्काशनको अन्तिम दिनसम्ममा करिव एक करोड ६५ लाख कित्ता सेयरका लागि आबेदन परेको बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । लघुवित्तले सर्वसाधारणमा २ लाख ७३ हजार कित्ता निष्काशन गरेको हो ।
सेयरमा दुई लाख ५४ हजार ६९३ आबेदकले एक अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर माग गरेका छन् । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
२०७५ मंसिर ६ गते प्रकाशित
वि.सं.२०७५ मंसिर ६ बिहीवार १४:०२ मा प्रकाशित