back
NMB ad

संघियता असफल पार्ने षड्यन्त्र सुरु भयो : मुख्यमन्त्री शाही

Kumari bank ad

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केही शक्तिहरु नेपालमा संघियता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । विहिबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघियता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानिय सरकार विच अधिकारको विवाद सल्काएर संघियतालाई बदनाम बनाउँदै संघियता नै असफल बनाउने दाउमा लागेको बताए ।

कम्यूनिष्ट पार्टीलाई दुई तिहाई वहुमत दिएर जनताले अग्नी परिक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउँने बताए । संघियता कागजमा व्यवस्था गरेपनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ ब्यवस्थामा अभ्यस्त हुनका लागि ‘बे्रनवार’ चलाउनुपर्नेे बताए । केन्द्र सरकारले प्रशासनिक र विक्तिय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको भन्दै शाहीले केही दिनमैे प्रधानमन्त्री र मुख्यमन्त्रीहरु विच हुन लागेको समन्वय परिषद बैठकमा यस बारेमा आफुहरुले विशेष रुपमा कुरा उठाउने जानकारी दिए ।

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागीरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताए ।

२०७५ मंसिर ६ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ६ बिहीवार १६:४० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...