back
NMB ad

मिडिया क्षेत्रको सर्वाधिक राशीको पुरस्कार पत्रकार देवकोटा र बराललाई

Kumari bank ad

काठमाडौं । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्ने निर्णय गरेको छ । रु.पाँच लाख राशीको उक्त पुरस्कार जनही रु.दुई लाख पचास हजारका दरले प्रदान गरिनेछ ।

लामो समयदेखि पत्रकारितामा संलग्न रहनु भएका पत्रकार देवकोटा छापा पत्रकारिता मार्फत नयाँ ढाँचामा समाचार सामग्री सम्प्रेषण गर्दै आएको नयाँपत्रिका दैनिकका प्रधान सम्पादकको रुपमा रहनु भएको छ । त्यस्तै पत्रकार बराल अनलाइन सञ्चार माध्यमको रुपमा आफ्नो छुट्टै छवि बनाउन सफल अनलाइनखबर डटकमका सम्पादक हुनुहुन्छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनौट समितिको बैठकले उक्त पुरस्कार अग्रज पत्रकारहरुको उपस्थितिमा यही मंसिर २४ गते प्रदान गर्ने निर्णय गरेको छ ।

२०७५ मंसिर ७ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १३:४६ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...