डलर भाउ दैनिक सस्तिदै, १ डलर खरिद गर्न ११३ रुपैयाँ लाग्ने

काठमाडौं । एक महिना अघि १ अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँसम्म तिर्नु पर्ने हुन्थ्यो । तर, आज आइतबार त्यही १ डलर खरिद गर्न करिव एक सय १३ रुपैयाँ लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि एक अमेरिकी डलर बिक्री गर्न एक सय १३ रुपैयाँ ३८ पैसा तोकेको छ । यस हिसावले १ डलर खरिद गर्न एक सय १३ रुपैयाँ ३८ पैसा तिर्नु पर्ने हुन्छ । कसैले बिक्री गर्दा भने १ सय १२ रुपैयाँ ७८ पैसा मात्र पाउने छ ।
अमेरिकी अर्थतन्त्र केही खस्केपछि डलरको भाउ घटेको विज्ञहरुको भनाइ छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो भएको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सिधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा घटबढ हुन्छ त्यही अनुसार नेपाली मुद्राको पनि घटबढ हुने गर्छ ।

२०७५ मंसिर ९ गते प्रकाशित

२०७५ मंशिर ९ गते ११:५८ मा प्रकाशित

You can share this post!

तामाकोशीकोे आइपिओमा ६ हजारको दोहोरो आवेदनकर्ताले सेयर नपाउने

प्रधानमन्त्रीद्वारा काममा केन्द्रित हुन मन्त्री र सचिवहरुलाई निर्देशन

Related posts