back
NMB ad

वाणिज्य बैंकको भन्दा पनि आकर्षक लाभांश दिँदै फाइनान्स कम्पनी

Kumari bank ad

काठमाडौं । केही फाइनान्स कम्पनीले वाणिज्य बैंकहरुले भन्दा पनि आकर्षक लाभांशको प्रस्ताव सार्वजनिक गरेका छन् । प्राय धेरैजसोले १० देखि १५ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका वाणिज्य बैंकलाई उछिन्दै केही फाइनान्स कम्पनीले २० प्रतिशत भन्दा बढी लाभांश दिन लागेका हुन् । प्राय धेरै वाणिज्य बैंकहरुले चुक्ता पुँजी आठ अर्ब पुगेकाले नगद मात्र दिने प्रस्ताव सार्वजनिक गरिरहेको बेला फाइनान्स कम्पनीले वोनस र नगद सेयर दिने प्रस्ताव अगाडि सारेका छन् ।

लगानीकर्ताको इच्छा ख्याल नगरी नगद लाभांश मात्र दिइरहेका वाणिज्य बैंकभन्दा एक कदम अगाडि बढेर फाइनान्स कम्पनीले वोनस र नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । धेरैजसो फाइनान्स कम्पनीले लगानीकर्ताको चाहनालाई पूरा गर्न नगद र वोनस सेयर दिन लागेका हुन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका ८ फाइनान्स कम्पनी मध्ये सबैभन्दा बढी लाभांश सिर्जना फाइनान्सले दिँदै छ । उसले वोनस र नगद सहित २४.५० प्रतिशत लाभांश दिने प्रस्ताव अगाडि सारेको छ । सिर्जना फाइनान्सले १५ प्रतिशत वोनस र ९.५० प्रतिशत नगद लाभांश दिन लागेको हो ।

यसैगरी, दोस्रो बढी लाभांश घोषणा गर्ने फाइनान्समा जानकी परेको छ । उसले वोनस र नगद गरेर २३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव अगाडि सारेको हो । जानकी फाइनान्सले २२ प्रतिशत वोनस र १.१६ प्रतिशत नगद लाभांश दिँदै छ । तेस्रो बढी लाभांश घोषणा गर्नेमा पोखरा फाइनान्स परेको छ । उसले पनि वोनस र नगद गरी १३.६८ प्रतिशत लाभांश दिँदै छ । पोखरा फाइनान्सले ५ प्रतिशत वोनस र ८.६८ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।

चोथौ बढी लाभांश घोषणा गर्नेमा श्री इन्भेष्टमेन्ट फाइनान्स परेको छ । उसले पनि सिर्जना, जानकी र पोखरा फाइनान्सले जस्तै वोनस र नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्दै छ । श्री इन्भेष्टमेन्ट फाइनान्सले १.२३ प्रतिशत वोनस र ८.७७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

अन्य चारवटा मन्जुश्री, आइसिएफसी, गुहेश्वरी र युनाइटेड फाइनान्सले भने नगद लाभांश मात्र दिने प्रस्ताव गरेका छन् । मन्जुश्रीले ९ प्रतिशत नगद, आइसिएफसीले ८ प्रतिशत नगद, गुहेश्वरीले ५.२६ प्रतिशत नगद र युनाइटेड फाइनान्सले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

२०७५ मंसिर १० गते प्रकाशित

वि.सं.२०७५ मंसिर १० सोमवार १०:२६ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...