back
NMB ad

विकासको गतिलाई तिव्र रुपमा अघि बढाइन्छ : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताउनुभएको छ । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं ।”

प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि मानव संसाधन प्रक्षेपण आवश्यक रहेको बताउनुभएको छ । “देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनु पर्दछ ।”प्रधानमन्त्री ओलीले भन्नुभयो,–“यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा बर्षौं सम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

“आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ । ”

समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग,मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटी रहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । “अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस” प्रधानमन्त्रीले निर्देशनमा भन्नुभएको छ,“प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ ।”

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागि असोज २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । समितिका सदस्यहरुमा डा.माधव दाहाल,डा.इन्दिरा पराजुली,डा.विश्ववाला थापा, डा.विजयदत्त, डा. ध्रुव गौतम र डा.राजेश अहिराज हुनुहुन्छ ।  कार्यदलको निर्देशक समितिमा शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ ।

२०७५ मंसिर १० गते प्रकाशित

वि.सं.२०७५ मंसिर १० सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...