back
NMB ad

हेटौडामा नेपाल इन डाटाको ‘तथ्याङ्कमा आधारित पत्रकारिता’ तालिम सुरू

Kumari bank ad

हेटौडा । विकास उद्यमीको नेपाल इन डाटा अभियानले प्रदेश ३ को राजधानी हेटौडामा गरिरहेको ३ दिने ‘तथ्याङ्कमा आधारित पत्रकारिता’ तालिम आइतबारबाट सुरु भएको छ। यही मिति २०७५ मङ्सिर १६, १७ र १८ गते हेटौडाको होटल सामनामा हुने उक्त नि : शुल्क आवासीय तालिममा प्रदेश २ र ३ का राष्ट्रिय तथा स्थानीय दैनिकबाट परेका ८० आवेदकहरूमध्ये छानिएका २० जना पत्रकार सहभागी भइरहेका छन्। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री कैलाश प्रसाद ढुंगलेको प्रमुख आतिथ्यतामा सुरू भएको कार्यक्रममा सोही मन्त्रालयका सचिब  केवल प्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ प्रदेश ३ का शभापति  प्रताप बिष्ट र नेपाल पत्रकार महासंघ मकवानपूरका शभापति  हरि हुमागाँईले सम्बोधन गरेका थिए। तालिम प्रदेश ३ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज (सेजोन)को सहकार्यमा आयोजना भएको हो।

समाचार तथा लेखको माध्यमबाट स्वास्थ्य, शिक्षा, अर्थव्यवस्था, वित्त, गरिबी जस्ता विकासका विषयमा सूचना संप्रेषण गर्दा तथ्याङ्कमा आधारित भएर गर्न पत्रकारलाई अभिप्रेरित गर्नु तालिमको मुख्य उद्देश्य रहेको विकास उद्यमीका प्रमुख कार्यकारी अधिकृत सन्तोष गड्तौलाले बताए। कार्यक्रममा तथ्यांकको महत्वबारे बोल्दै तथ्यांकशास्त्री शोभा नानी शाक्यले तथ्याङ्क र पत्रकारिता दुई अलग विषय नभएको हुँदा तीनलाई एकीकृत गरी प्रभावकारी र स्पष्ट सूचना जनतासम्म पुर्याउनुपर्ने कुरामा तालिम सहयोगी हुने आशा व्यक्त गरिन्।

नेपाल इन डाटा, विकास उधमीको एक अभियान हो। यसले खुल्ला डाटा र तथ्याङ्कको प्रयोगलाई प्रभावकारी बनाउन डाटा साक्षरताको क्षेत्रमा काम गरिरहेको छ। पत्रकारिता जस्तै जनतामा प्रत्यक्ष प्रभाव पार्ने अन्य विविध क्षेत्रको पहिचान गरी ती क्षेत्रमा तथ्याङ्कको प्रयोग बढाउन क्षमता पहल गरिरहेको छ। यसअघि पनि नेपाल इन डाटाले रामेछाप, भरतपूर, भोजपूर, डडेलधुरा जस्ता जिल्लाहरूमा स्थानीय युवा, विद्यार्थी, सरोकारवाला पक्ष, र सरकारी निकायहरूलाई डाटा साक्षरता र प्रयोग विषयमा कार्यशालाहरू सम्पन्न गरिसकेको छ।
२०७५ मंसिर १६ गते प्रकाशित

वि.सं.२०७५ मंसिर १६ आइतवार १५:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...