काठमाडौं । एनआइसी एशिया बैंकको बोनस सेयर पाउन आज (मंगलबार) सम्म सेयर किन्नु पर्ने भएको छ । उक्त बैंकले १० प्रतिशत बोनस सेयर बितरण गर्नका लागि भोली (बुधबार) देखि बुक क्लोज गर्दैछ ।
गत वर्षको नाफाबाट बैंकले १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस ४ गते बार्षिक साधारणसभा गर्दै छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउने छन् ।
२०७५ मंसिर १८ गते प्रकाशित
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०९:५३ मा प्रकाशित