back
NMB ad

मध्य भोटेकोशीको दोस्रो चरणको २७ लाख कित्ता आइपीओ खुल्ला, कसले पाउँछ आवेदन गर्न ?

Kumari bank ad

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले मंसिर १९ गते देखि २१ लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई २१ लाख र सञ्चय कोषका कर्मचारीलाई ६ लाख कित्ता गरी कुल २७ लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको हो ।

कम्पनीले निष्काशन गरेको यस शेयरमा संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र भर्न पाउने गरी आइपीओ बिक्री खुल्ला गरिएको हो । चिलिमे हाइड्रोपावर, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर र सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी यसका संस्थापक सेयरधनी संस्थाहरु हुन् ।
यो आइपीओमा २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । सेयर भर्न सी–आस्वा अनिवार्य गरिएको छ । सी–आस्वा सेवा दिने सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ । सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र पेश गर्नुपर्नेछ । आवेदकको सीआरएन र डिम्याट खाता अनिवार्य हुनुपर्नेछ ।

यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक तथा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटलले सह–बिक्री प्रबन्धकको रुपमा काम गर्नेछन् ।

यसअघि मध्य भोटेकोशीले कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो । जसमा ३ करोड ६३ लाख ९५ हजार ३९० कित्ताका लागि आवेदन परेको छ ।

२०७५ मंसिर १९ गते प्रकाशित

वि.सं.२०७५ मंसिर १९ बुधवार ११:३८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...