back
NMB ad

आजदेखि अनलाइनबाट सेयर कारोबार, बजार बढ्ने अपेक्षामा लगानीकर्ता

Kumari bank ad

काठमाडौं । आज (आइतबार) बाट सेयर किनबेच पूर्ण रुपमा अनलाइनबाटै हुँदै छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई युजर नेम र पासवर्ड आजैबाट बाँडने भएकाले सेयर कारोबार पूर्ण रुपमा अनलाइनबाटै हुने भएको हो ।

अनलाइनबाट सेयर कारोबार हुन थालेपछि सेयर बजार बढने अपेक्षा लगानीकर्ताले गरेका छन् । अन्तराष्टिय बजारमा अनलाइनबाट कारोबार हुन थालेपछि ६० प्रतिशतसम्म सेयरको भाउ बढेको लगानीकर्ताको भनाइ छ । अनलाइनबाट सेयर कारोबार हुन थालेपछि नेपालमा पनि सेयरको भाउ बढने उनीहरुको तर्क छ ।

सामान्यतया नयाँ प्रविधि भित्र्याउँदा त्यसले लगानीकर्तालाई सहज हुने हुँदा सेयरको भाउ बढने ब्रोकरको भनाइ छ । तर, नेप्सेले भने सेयर बजार बढने र घटने माग र अपूर्तिमा भर पर्ने बताउँदै आएको छ ।

नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले लगानीकर्तालाई युजर नेम र पासवर्ड आजदेखि वितरण गर्ने बताए । त्यसपछि अनलाइनबाटै पूर्ण त सेयर कारोबार हुने उनको भनाइ छ । तर, त्यसले सेयर बजारमा कस्तो प्रभाव पार्ने भन्ने बारेमा भने उनले टिष्पणी गर्न चाहेनन् ।
लगानीकर्ताका चारवटै संगठन (नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजी बजार लगानीकर्ता संघ र नेपाल पुँजी बजार संघ)का प्रतिनिधिले दुई साता अघि अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै धर्ना दिएका थिए । त्यसपछि नेप्सेले आफ्नो कामको गतिलाई बढाएको हो ।

लगानीकर्ताहरु नेप्सेले कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा देखिएको कमजोरी तथा बजार सुधारको माग गर्दै आएका छन् । उनीहरुले अनलाइन कारोबार पूर्ण रुपमा कार्यान्वयनमा नआएको भन्दै पुँजी बजारका १५ लाखभन्दा बढी लगानीकर्ता मर्कामा परेको बताएका छन् । यसले १४ खर्बभन्दा बढीको सम्पत्ति सुरक्षामा गम्भीर चुनौती थपेको आरोप लगानीकर्ताले लगाउँदै आएका छन् । लगानीकर्ताले छिटोभन्दा छिटो पूर्ण स्वचालित अनलाइनमार्फत काम गर्न युजर नेम र पासवर्डको व्यवस्था गर्न माग गर्दै आएका थिए ।

२०७५ मंसिर २३ गते प्रकाशित

वि.सं.२०७५ मंसिर २३ आइतवार १०:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...