back
NMB ad

तामाकोशीले आइपीओ नपरेको पैसा फिर्ता दिने, कहिले देखि पाईन्छ ?

Kumari bank ad

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले पुस १ गतेदेखि स्थानीयबासीलाई आइपीओ बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । विभिन्न समस्याका कारण सिधै बैंक खातामा रकम नपाउने आवेदकलाई भने पुस १ गतेदेखि चेकबाट रकम फिर्ता हुने भएको छ ।

लगानीकर्ताले आइपीओ भर्दा आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाकै खातामा रकम फिर्ता पाउनेछन् । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामै रकम फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ ।  यसअघि कम्पनीले कात्तिक १९ गतेदेखि आइपीओ बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन थालेको थियो ।

जसमा २ लाख ७६ हजार १९४ जनालाई रकम फिर्ता गर्दा ५२ हजार जनाले विविध कारणले प्राप्त गर्न सकेका थिएनन् । तामाकोशीले सर्वसाधारणलाई पनि आइपीओ बाँडफाँट गरिसकेको छ । सर्वसाधारणले आइपीओ नपरेको पैसा बैंक खातामै फिर्ता पाइसकेका छन् ।
माथिल्लो तामाकोशीले आयोजना प्रभावित स्थानीयलाई साउन १६ गतेदेखि भदौ २१ गतेसम्म एक करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

२०७५ मंसिर २५ गते प्रकाशित

वि.सं.२०७५ मंसिर २५ मंगलवार १०:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...