सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज मंसिर २७ गते बिहीबारका दिन १४औ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पँुजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सर्वसाधारण समूह (समूह“ख”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरत कुमार पोखरेल र महेश घिमिरे निर्बिरोध निर्वाचित हुनुभएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा खुद नाफा रु १.७० अर्ब मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु ९१.८२अर्ब, कुलनिक्षेप रु ७९.१८ अर्ब, तथा कर्जा सापटी खुद रु ६९.२४अर्ब रहेको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५प्रतिशतले बृद्धि गरेको छ ।

२०७५ मंसिर २७ गते प्रकाशित

२०७५ मंशिर २७ गते १६:१९ मा प्रकाशित

You can share this post!

खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा

चौतारी लघुवित्तको आइपीओ बाँडफाँड, कति जनालाई पर्यो सेयर

Related posts