चौतारी लघुवित्तको आइपीओ बाँडफाँड, कति जनालाई पर्यो सेयर

काठमाडौं । चौतारी लघुवित्तको आईपिओ आज शुक्रबार बाँडफाँड भएको छ। लघुवित्तको शेयर कूल आवेदक मध्ये ५६ हजार ७० आवेदकले मात्रै गोला प्रथाबाट शेयर पाएका छन् कुल २ लाख ७३ हजार १९२ जनाले आवेदन दिएकामा ४७५ जनाको आवेदन रद्द भएको छ ।

चौतारीको आइपीओमा १ अर्ब ७१ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख १३ हजार १३० कित्ताका लागि रितपूर्वक आवेदन परेको छ । यो माग भन्दा ३०.५९ गुणा बढी आवेदन हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ५६ हजार ७० आवेदकले मात्रै लघुवित्तको शेयर पाएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

चौतारीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता सेयर कर्मचारी र ३० हजार कित्ता सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

२०७५ मंसिर २८ गते प्रकाशित

२०७५ मंशिर २८ गते १३:५६ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश पारित

चाँगुनारायण नगरपालिकाद्धारा बहुउद्देश्यिय सामुदायिक भवन निर्माणको शिलान्यास

Related posts