back
NMB ad

दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट देशले समृद्धि हासिल गर्छ : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवश २०१८ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल नविन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गर्नुभएको छ । “देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्काले क्रियाशिल हुनुपर्दछ । आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानुनी आधार तयार भैसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यन्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो । ”

बर्षेनी लाखौं नेपाली यूवा रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता हटाउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीकोे सन्देशमा उल्लेख छ । “स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेश मै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रिायशिल रहेको छ ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षण सम्बन्धि महासन्धीको नेपाल पक्ष राष्ट्र भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हक,अधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भिर रहेको उल्लेख गर्नुभएको छ ।

२०७५ पौष ३ गते प्रकाशित

वि.सं.२०७५ पुस ३ मंगलवार ०९:२९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...