ग्लोबल आईएमई बैंक र कतारको दोहा बैंक बीच रेमिट्यान्स कारोबार सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र कतार स्थित दोहा बैंक बीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंक लि का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल ले हस्ताक्षर गर्नुभएको हो ।

दोहा बैंक, कतारमा रहेका बैंकहरु मध्येको अग्रणी स्थानमा रहेको बैंक हो जसको कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेका छन । रेमिट्यान्स कारोबारको लागि दोहा बैंकसँगको यो सम्झौता पश्चात कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन र उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंक लि.का सम्पूर्ण शाखाहरु तथा आई. एम. ई. र जि. एम. इ. का ९००० भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

२०७५ पौष ५ गते प्रकाशित

२०७५ पौष ५ गते ०८:५६ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९.३० प्रतिशत लाभांश प्रस्ताव

मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने खानेपानी मन्त्रीको भनाई

Related posts