back
NMB ad

ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : मन्त्री मगर

Kumari bank ad

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग कुनै दुविधा नरहेपनि कम्पनी प्रति विश्वास गर्ने वातावरण नरहेको बताउनुभएको छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठेकेदार कम्पनी सिएमसीसँग काम गर्न कुनै दुविधा छैन तर उसँग काम गर्नका लागि विश्वसनीय आधार भने हुनुपर्छ । सरकारले उक्त कम्पनीसँग विश्वासको आधार खोजिरहेको छ । पुनः काम गर्ने भन्नेमा विश्वास गर्ने वातावरण नबनिसकेको भएपनि मन्त्रालयले उच्च स्तरमा समस्याको हल खोजिरहेको छ ।”सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको उहाँको भनाई छ । खानेपानी मन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार निकै गम्भीर रहेको पनि उल्लेख गर्नुभयो ।

अन्तिम अवस्थामा आएर मेलम्चीको काम रोकिंदा साह्रै दुःख लागेको बताउँदै उहाँले मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हामी संयमित भएर समस्याको हल गर्न खोजिरहेका छौं । मेलम्चीको काम रोकिएकोमा अरु पक्षले फाइदा नलिईयोस् भन्नका लागि सरकार निकै गम्भीर भएर लागिरहेको छ ।”  कार्यक्रममा मन्त्री मगरले खानेपानीको पहुँच भन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजनाहरु समेटेर योजना बुक तयार गरेको जानकारी दिनुभयो । घण्टौं घण्टासम्म पानीका लागि हिंड्नुपर्ने समस्याको हल गर्न थप योजनाहरु ल्याउन लागिएको उहाँको भनाई छ ।

उहाँले खानेपानी मन्त्रालय गठन भएपछि पहिलो पटक खानेपानीसँग सम्बन्धित कानुनहरु निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । खानेपानीको आपूर्तिसँगै ढल व्यवस्थापन गर्न समेत ढल नीति पारित भएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।

२०७५ पौष ९ गते प्रकाशित

वि.सं.२०७५ पुस ९ सोमवार १६:१५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...