back
NMB ad

चार महिनामै आयो तीन खर्ब १२ अर्बको रेमिट्यान्स

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) तीन खर्ब १२ अर्ब २६ करोड रेमिट्यान्स आएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेर हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो ।
मुलुकको शोधनान्तर घाटा ५७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही समयमा दुई अर्ब ४० करोडले बचतमा थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा दुई करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता घाटा ८८ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड सात लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा नगद प्रवाहमा आधारित सरकारको वित्त स्थिति ५१ अर्ब एक करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३२ अर्ब १५ करोड रहेको थियो । कात्तिक मसान्तसम्म सरकारी ढुकुटीमा दुई खर्ब ६ अर्ब २५ करोड (स्थानीय तहको खातामा रहेको ७५ अर्ब ७७ करोडसमेत) नगद मौज्दात कायम रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

मुलुकको कुल विदेशी विनिमय सञ्चिति गत असार मसान्तको तुलनामा १.८ प्रतिशतले घटेको छ । असार मसान्तमा कुल ११ खर्ब दुई अर्ब ५९ करोड रहेको विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा घटेर १० खर्ब ८२ अर्ब ९१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तको १० अर्ब ८ करोडबाट ६.५ प्रतिशतले कमी आई कात्तिक मसान्तमा नौ अर्ब ४३ करोड पुुगेको तथ्यांक छ ।

त्यसैगरी, समीक्षा अवधिमा मुद्रास्फीति गत वर्षको तुलनामा बढेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालु आवको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो । खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको राष्ट्र बैंकको भनाइ छ ।

कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उपसमूहका वस्तुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो ।

यही अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४ प्रतिशत रहेको तथ्यांक छ । अघिल्लो वर्षकोे सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, फर्नि्सिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाको मूल्य बढेकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकको भनाइ छ ।

क्षेत्रगत आधारमा कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.६, काठमाडौं उपत्यकामा ४.५, पहाडमा ४.३ र तराईमा ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४, ३.२, ४.७ र ३.७ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति पनि अघिल्लो वर्षको तुलनामा बढेको छ। चालु आवको कात्तिक महिनासम्म वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.६ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा उक्त मुद्रास्फीति ०.८ प्रतिशत रहेको थियो । गैरखाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोसाक, आधारभूत धातु लगायत वस्तुको मूल्य बढेकाले समग्र थोक मुद्रास्फीति बढ्न गएको प्रतिवेदनमा उल्लेख छ ।

२०७५ पौष १० गते प्रकाशित

वि.सं.२०७५ पुस १० मंगलवार १२:५६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...